नेताहरु सुरक्षाको लागि शिवपुरी जङ्गलतिर

राजनीति समाचार

काठमाडौं । देशभर चलेको ‘जेन–जी’ आन्दोलनका कारण बालुवाटारको सत्ता शासनबाट भागेर केपी शर्मा ओली सेनाको हेलिकप्टरमा शिवपुरी जङ्गलमा भाग्नुपर्ने स्थिति आयो ? हठात यो स्थिति किन आयो ? यसमा दोषीहरु को को हुन ? प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानु रुसी राष्ट्रपति पुटिनसँग वान टु वान वार्ता हुनु र स्वदेश फर्किएलगतै फेसबुक प्रतिवन्द लाग्नु र २७ वर्षभन्दा कम उमेर समूहका युवापुस्ता अर्थात् जेनेरेसन जेड (जेन जी) को उभार उठ्नु संयोगमात्र होला र ?

यो आन्दोलनपछि सरकारी संरचनामाथि छानीछानी भएका प्रहार,व्यवसायीहरुको घर तथा उद्योगमा लगाइएको आगजनीका पृष्टभूमिमा फर्कनु अघि कर वृद्धिका विरुद्धमा केन्यामा प्रदर्शनकारीहरूले नेपालमा जस्तै गरी संसद् भवन प्रवेश गरेर आगजनी गरे, जसको प्रतिक्रियास्वरूप प्रहरी कारबाहीमा ६५ जनाभन्दा बढीको ज्यान गएको घटना,गत मार्च–जुन २०२५ मा मंगोलियामा उसैगरी उभार उठेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको मत पारित गरेर सरकार परिवर्तन गराएको घटनाक्रम मात्र होइन कि यस अघि यस्तै जेनजेडको नाममा शुरु भएको आन्दोलनका कारण सर्बिया ,इन्डोनेसिया,माली,फ्रान्स,युक्रेन,स्लोभाकिया,टर्की लगायतका मुलुक इरान, बंगलादेश, युगान्डा, मलावी, घाना, गाम्बिया लगायतका मुलुकमा भएको घटनाक्रमलाई समेत जोडेर हेर्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

आज यी मध्ये धेरै मुलुकको अवस्था हेरेर समेत नेपालको भावी दशा र दिशा बताउन सकिन्छ भन्छन्,राजनीतिक विश्लेषकहरु । अर्काेतिर नेपालमा यो घटनाक्रम र परिस्थितिको प्लेटफर्म तयार गर्ने बूढो पुस्ताका ओली देउवा र प्रचण्डहरु जति जिम्मेवार छन्,उतिकै जिम्मेवार छन् पर्दा पछाडिको मुख्य पात्र हुन अस्गर अलि । जो इ–सेवा नामक कम्पनीका मालिक हुन् । केपी शर्मा ओलीका अत्यन्त विश्वास पात्र,उनी आइटी सल्लाहकारको भूमिका रहे,दुबै पटक ।

जसरी अघिल्लो पटक प्रचण्ड सरकार उनकै आइटी सल्लाहकारले सूचना चुहाउँदा ढलेको थिए अहिले प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णुप्रसाद रिमाल र उनका विश्वासपात्र अस्गर अलीको डिजाइनमा पर्दा पत्तासाफ हुने स्थिति आएको भन्छन्,जानकारहरु । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल बन्द गराएका कारण यो स्थिति पैदा भएको जानकारहरु बताउँछन् । वालुवाटारमा केपी ओली निकट रहेर काम गरेका कर्मचारीहरुका अनुसार, अलीको मेटाको लोकल एजेन्ट बनेर डेटा हत्याउने महत्वाकांक्षाले यो अवस्थामा पुगेको हो नेपाल ।

यस्का अलवा काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली हान्न प्रहरीलाई दिएको निर्देशन,निकम्मा गृह सचिव गोकर्णमणि दुवाडी,काठमाडौंका प्रहरी निमित्त प्रमुख,चार दिन अगाडिमात्र आइजी नियुक्त भएका चन्द्रकुवेर खापुङ्ग र नेपाली सेनाका प्रधानसेनापती अशोकराज सिग्देललाई दोषी बनाएर मुद्धा चलाउनुपर्ने आवाज उठ्न थालेको छ । सेना मुकदर्शक हुँदा मुख्यालयबाट दश मिटर रहेको सिंहदरबार,सर्वाेच्च अदालत जोगाउन असफल हुनु परेको छ भने राज्यले बर्षेनी करोडौ लगानी गरेर पालिरहेको अनुसन्धानका कर्मचारीहरुसँग समेत सूचनामा पहुँच नहुँदा यो स्थिति आएको सुरक्षाको जानकारहरु बताउँछन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले प्रहरीलाई प्रदर्शनकारीलाई गोली ठोक्न आदेश दिएका कारण पहिला टियर ग्यास,पानीको फोहोरा,लाठी चार्ज,त्यसपछि रबर बुलेट हान्दा समेत स्थिति नियन्त्रणमा छर्रा हान्नुपर्ने र दंगा नियन्त्रणमा नआएको खण्डमा बल्ल कमाण्डरले गोली हान्नुपर्नेमा सिपाहीले भुटुटु गोली ठोक्दा स्थिति भड्किएको र नेताहरुको घर जल्नुका अलवा अर्बाैको भौतिक सम्पत्ति खरानी हुन पुगेको सुरक्षा क्षेत्रका जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *