प्राधिकरणको जागिर खाने. भारतीय रासन कार्ड लिने प्रदीप

राजनीति समाचार

काठमाण्डौं । कुनै एक सर्वसाधारणले भूलवश, एकैपटक नेपालको दोहोरों
नागरिकता लिएको फेला परेमा ऊ ठाडै जेल जान्छ तर कुनै एक प्रशासकले एकै
पटक एउटा हातमा विदेशको र अर्को हातमा नेपालको नागरिकता लिएको भेटिए
त्यो क्षम्य होला रु यदि, त्यस्तो प्रमाणित भएमा जनताले तिरेको करबाट तलब
खाने कर्मचारीमाथि कस्तो कारबाही होला ?

यस्तै दृश्य भेटिएको छ, एक विवाद्स्पद् सहसचिव प्रदीप अधिकारीले कमाण्ड
गरिरहेको नागरिक उययन प्राधिकरणमा । सो प्राधिकरणमा कार्यरत एक
उपमहानिर्देशकसँग भारतीय रासनकार्ड रहेको तथ्य बाहिरिएको छ । यसरी नेपालमा
संरकारी जागिर खाने र भारतीय राशन कार्ड बोक्ने उपनिर्देशक संजय कुमार
साह । साह प्राधिकरणको एयर ट्राफिक सर्भिसेसका उपनिर्देशक हुन ।

उनीसँग भारतीय राशनकार्ड भएको बिषयले अहिले प्राधिकरण तातेको छ ।
उसो त निजामती सेवामा भारतीयहरुको समेत बाक्लो उपस्थिति देखिदैं छ ।
यस अघि समेत ‘विदेशको नागरिक, नेपालको प्रशासकु भएको कारण प्रमाणसहित
कारबाही गर्नका लागि गृह मन्त्रालयलाई गुहारिएकोमा गृहलाई राष्ट्रिय सतर्कता
केन्द्रमा फाइल फिर्ता पठाएपछि तत्कालीन

प्राधिकरणकी जागिर खाने  सचिव सुरेश अचार्यले भारतीय नागरिकताधारी एक उपसचिवलाई एक
लाख रकम लिएर उन्मुक्ति दिएको चर्चा राष्ट्रिय सतर्कता केन्द्रतिर सुन्न
सकिन्छ । यसरी दोहोरो नागरिकता लिएको आरोप लागेका उपसचिव हुन्,
रविन्द्रलाल दास । दास अहिले भौतिक मन्त्रालय मातहत कार्यरत छन् ।

उनै दास र परिवारले समेत दोहोरो नागरिकता लिएको भन्दै प्रम कार्यालय,
राष्ट्रिय सतर्कता केन्द्र, अख्तियारलगायत सरकारी निकायलाई गुहारिएकोमा
ती निकायले नागरिकताको विषय आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको विषय
भएको भन्दै कारबाही गर्न गृहलाई गुहारेकोमा गृहले फाइल फिर्ता पठाएर
केश ढिसमिस पारिएको थियो ।

गृह स्रोतका अनुसार,दासले बिहार खजौली ठेगानामा भारतीय नागरिकता
लिएका छन् भने जिल्ला प्रशासन कार्यालय पर्साबाट समेत नेपाली नागरिकता
लिएर उपसचिवस्तरको सरकारी जागिर खाइरहेका छन् । सो उजुरीमा
माता इन्द्रकला, पिता नारायण र पत्नी माल्विकाले समेत जिप्रका पर्साबाटै
नेपाली नागरिकता लिएको उल्लेख गरिएको थियो ।

उता मधेश प्रदेशका एक जना प्रधानाध्यापकले एकै पटक दक्षिणी छिमेकी मुलुक भारतको र
नेपालबाट दुई वटा नागरिकता लिएर सरकारी सेवामा कार्यरत रहेको
भेटिएको छ । सिरहाको चन्द्र उच्च माध्यमिक विद्यालय प्रधानाध्यापक
मधुसुदन कर्णले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ ।

पहिलो पटक सिरहाको चन्द्रोदयपुर २ जन्मस्थान उल्लेख गरेर उनले
२०४२ साउन २० गते लिइएको नागरिकतामा उनको जन्ममिति २०२१
साल लेखिएको भेटिएको थियो भने यस्तै दोश्रो पटक लिएको नागरिकतामा
जन्ममिति सात वर्ष घटाइएको छ । दोश्रो पटक लिएको नागरिकतामा
०२८ जेठ १ उल्लेख छ भने जन्मस्थान विष्णुपुर उल्लेख छ ।

दुवै नागरिकतामा बाबुको नाम तेजनारायण लाल कर्ण लेखिएको पाइएको छ ।
सिरहाबाट दुई पटक नागरिकता लिएका उनै मधुसुदन कर्णले छिमेकी देश
भारतबाट समेत नागरिकता लिएको फेला परेको हो ।

भारत निर्वाचन आयोगको मतदाता सूचीमा उनले बाबुको नाम तेजनारायण लाल कर्ण नै
उल्लेख गरेका छन् । यसरी कसैले दोहारो नागरिकता लिएको पुष्टि भएमा
नेपाली नागरिकता रद्द हुनुका साथै एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५०
हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी
व्यवस्था भए पनि तलदेखि माथिसम्म मिलाएर कर्मचारीहरुलाई उन्मुक्ति
दिइदै आएको छ ।

स्मरण रहोस, यस अघि मन्त्रीमा सिफारिस भएकी संगीता कौशल मिश्र समेत अंगीकृत नागरिकता रहेको, उनको प्रमाणपत्र नै नक्कली रहेको र नक्कली प्रमाणपत्र पेश गरेर बढुवा भएको बिषयमा
सबैभन्दा पहिला तामाकोशी सन्देशले समाचार ब्रेक गरेको थियो । उनै
अंगीकृत नागरिकको मन्त्री बन्ने सपना भने चकनाचुर हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *