चरिकोटको सान : खोरथली सामुदायिकवन

राजनीति समाचार

फोटोमा देख्नु भएको चरिकोट बजार हो । अनीपृष्ठभुमिमावन देखिन्छ । त्यो खोरथली सामुदायिकवनहो । वनमनमोहक छ । मन लोभ्याउने छ । कुनै बेला यो स्थानउजाड भैसकेको थियो । चरिकोट वजारबाटै त्यो स्थानमावाँदर उफ्रेको तथाखरायो दौडेको देख्न सकिन्थ्यो । ५० वर्ष अघिको त्यो पाखो देखेका तर भरखर आएका कोहीभएत्यो स्थानहोइनभनेर पक्कै पनिजिद्दी गर्ने अवस्था देखिन्छ ।वाहिरबाट हेर्दा मनमोहक छ । भित्र पस्दा घनाझाडी भैसकेको छ । दोलखाजिल्लाभीमेश्वर नगरपालिकावडा नं. ३ र ६ का करिव ८ सय उपभोक्ताले १७८ हेक्टर वन क्षेत्र सामुदायिकवनको रुपमाव्यवस्थापन गरिरहेका छन् ।

इतिहासमा खोरथली
उजाडभएको दर्फेपाखामाबि. सं. २०३५÷२०३६ सालमापहिलो चरणमा स्थानीयप्रजातीको बिरुवा रोपन गरियो । तर सफलहुन सकेन ।त्यसपछि स्वीस सरकारको पहलमापाटे र गोबे्रजातका सल्लाको बृक्षारोपण गरियो । वृक्षारोपण गर्न नैं ७बर्ष लागेको थियो ।

तत्कालिनवनकार्यालय दोलखाले सरकारी तवरबाट संरक्षणगर्दै आएको वन २०४७असार २७गते नारायणबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय संरक्षण समितिगठनभएपश्चात संरक्षणमा समुदायले भूमिका खेल्न थाल्यो । २०४९ सालमा सामुदायीकवनको रुपमा हस्तान्तरण गर्ने सन्दर्भमा पुनः नारायणबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीयतदर्थ समितिगठनभयो ।२०५२ भाद्र ११ मा समूहको बिधान र कार्ययोजना सहित संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्ने गरि बिधिवत रुपमा सामुदायीकवन हस्तान्तरण भएको हो ।

प्रतिनिधिमूल साधारण सभा
उपभोक्ताले वनजिम्मालिएपश्चात संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्ने क्रममा घरधुरी लौरीपालो अनिवनपालेको ब्यबस्था गरि संरक्षण गर्ने गरिएको थियो । त्यो ताकावनपाले र समितिहरुको आँखाछलेर चोरी निकासीलगायतबिभिन्न अपराधिककार्यहरु हुने गर्दथे । २०६२ सालको साधारण सभामा यस विषयमाव्यापकछलफलभयो । हरेकटोल टोलमा७जना रहेको ८ वटाउपसमूह समितिगठन गरि घरलौरो पालो गरियो । तत्पश्चात ८ वटाउपसमूहठुलो र भद्दाभयो भन्ने बिषयमाछलफलभयो र ३ वटाउपसमूहबनाउने कुरामानिष्कर्षमा पुगियो । २०६७ सालमाविधानपुर्नलेखन गरी ३ वटाउपसमूहहरुको व्यवस्था गरियो । ३ वटा छुट्टा छुट्टै उपसमूहगत साधारण सभाहरु हुन्छ ।

त्यसपछि ३ वटाउपसमूहबाट १५ जनाका दरले ४५ जना, मुलकार्यसमिति १५ जना र मुलकार्यसमितिले मनोनित गरेको १५ जना गरि जम्मा७५ जनाको प्रतिनिधीमुलक साधरण सभातथाअधिबेशनहुने ब्यबस्था छ । यस क्षेत्रलाई पर्यटनमुखीवनाउनतत्कालिनवनकर्मचारी रामकृष्ण केसीको सहयोगमामहत्वकांक्षी योजनाहरु तयार गरी केहीकार्यान्वयन समेत भएको छ ।

समूहको कोष सबल हुँदा साधारण सभामाउपस्थीतहुनेलाई खाजाखर्च व्यवस्थापन गर्ने गरिएको छ । उपसमूहगत साधारण सभामाउपस्थीतहुनेहरुलाई प्रतिव्यक्ति रु २ सय र प्रतिनिधिमूलक साधारणमाप्रतिव्यक्ति रु ५ सयउपलव्ध गराउने गरिएको छ ।उपसमितिको वैठकमाप्रतिव्यक्ति रु २ सय र मूलकार्यसमितिको वैठक प्रतिव्यक्ति ३ सय उपलव्ध गराउने गरिएको छ ।प्रतिनिधिमूलकसाधारण सभामाप्रतिवेदनहरु पेश गरिन्छ । वार्षिक वजेट वनाउने, पेश गरी पारित गर्ने गरिन्छ ।

पर्यटनविकासमाखोरथली
यस सामुदायिकवनमापर्यापर्यटनको पनि प्रसस्त संभावना रहेको छ । हामीले परिकल्पना गरि पुनर्लिखितबिधान २०६७ मा समाबेश गरेका मध्ये केही संरचनाहरु निर्माणभएकाछनभने केहीनिर्माण चरणमा र केहीकार्य हुनबाँकीछन । निर्माणभएकाभौतिक संरचनाहरु पनिउचितब्यबस्थापनको अभावमाओझेलमा परेका छन । यस सामुदायिकवन क्षेत्रभित्रपौराणिक, ऐतिहासिक, पुरातात्वीक, धार्मिक तथा सास्कृतिकमहत्वका साथै पर्यटकियगन्तब्यका स्थलहरु प्निछन ।

जस्मा धार्मिक तथा सांस्कृतिकहिसावले तिनवटाधार्मिक स्थलहरु दर्फे देबीस्थान, खोरथली देबीस्थान र कालिञ्चोक भगवतीको प्रतिमुर्ती अर्थात कालिञ्चोक भगवतीमन्दिर पुग्ननसक्ने असक्त र जेष्ठनागरिकहरुले आफ्नो भाकल पुरा गर्न यस स्थानमागएर पुजा गर्ने गर्दछन । यो स्थानबाटकालिञ्चोक भगवतीमन्दिर सामुन्नेमा देखिन्छ ।

पौराणिक, ऐतिहासिक र पुरातात्विकहिसावले राणाशासनबिरुद्दअन्तिमलडाई भएको स्थानभनेर चिनिने २ वटागढिडाँडापनिछनभने पर्यटकीयगन्तब्यकाहिसावले हालभई रहेका बनभोज स्थल, भ्यूटावर र सिमपानीप्रबेशद्वार देखीभ्यूटावर सम्म पुग्ने बैकल्पिकमार्ग अर्थात हालै मात्रतयार नेपालले निर्माण गरेको करिव १ करोड २५ लाखको लागतमा ढुङगाको सिढीद्वारा पैदलमार्ग निर्माणभएको छ । आजकलदिनहु जस्तै मर्निङ वाक र ईभिनिङ वाकको सिलसिलामाभ्यूटावर सम्म पुग्ने र ओर्लने मानिसहरुको सङ्ख्यामा बृद्दिभएको हामिले अनुभुत गरि रहेका छौं । तर भ्यूटावर जुनअभिलाषा राखेर निर्माण गरियो त्यो अनुसार संचालन र ब्यबस्थापन गर्न नसक्दाहालजिर्ण अवस्थामा छ । यसको जिर्णोद्दार गरेर पुनः संचालन र ब्यबस्थापन गर्न सकियो भने आन्तरिक तथाबाह्य पर्यटकहरुको एउटागन्तब्यहुन सक्छ ।

सा. व. को सबैभन्दाअग्लो स्थान २८१० मिटरको उचाईमा निर्माणभएको लगभग ३६ फिटउचाईको भ्यूटावरबाट दोलखाको अलावासिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रामेछापकाअधिकांस हिमश्रृङखलाहरु साथै दोलखाको सबैभन्दाहोचो स्थान समुन्द्र सतह देखी७०० मिटर उचाईमा रहेको सितलीबेशी समेत देख्न सकिन्छ । खोरथलीवनभित्रभ्यूटावर नजिकै ८६ फिटअग्लो बौद्द स्तुपानिर्माणाधिनअवस्थामा रहेको छ ।

यस वनभित्रअग्नीनियन्त्रणतथाकाठदाउरा निकाल्न सहजताको लागिलगभग १३ किलोमिटर अग्नीरेखातथावनपथमार्गहरु (मोटरेवलबाटो) निर्माणभएकाछन । यसबाट सबै ठाँउबाट सबै ठाउँमाजानतथाकाठदाउरा निकाल्नको लागि र अग्नीनियन्त्रण गर्न सहजभएको छ ।
वनस्पतीबिभाग र खोरथली सामुदायीकउपभोक्ता समूह कोे साझेदारीमा ५०÷५० प्रतिशतलागतकार्यक्रमअन्तर्गत रु ३० लाखको लगानीमाहाईटेक नर्सरी निर्माण गरि ब्यबस्थापन गरिएको छ । साझेदारी कार्यक्रमअन्तर्गत यहाँभएका स्थायी संरचनाहरु समूहको र यहाँउत्पादितबिरुवा नर्सरी संचालकको हुने गरि बार्षिक भाडादर कायम गरि लिजमाब्यक्तिलाई नर्सरीको जिम्मादिईएको छ । यसरी जिम्मादिई नर्सरी संचालन गरेको अहिले पाँचौंबर्षमा प्रबेश गरेको छ ।

शहरीकरणसँगसगै वनपनि वृद्धि
सामुदायीकवनको जग्गामा फेकोफन दोलखाद्वारा निर्माण गरिएको जस्ताको टहरामा १ कोठामाअफिस र संंयुक्त रुपमा बैठक कक्षको रुपमाहल संचालन गरि रहेको अवस्था छ । १ जनाकार्यालय सचिव र ३ जनावनहेरालुको ब्यबस्था गरिएको छ । यसै अनुरुपहाम्रो असलअभ्यास अन्तर्गत सामुदायीकवनको काठ चोरी गरेर आफ्नो पेशाबनाएकाब्यक्तिहालवनको असल रक्षक बनेर काम गरि रहेका छन ।

पछिल्लो वर्ष यो वनमाआगो लागेन । वनभित्रबाटोहरु निर्माणभएकाछन् । तीबाटाहरुले अग्नीरेखाको काम गरेको छ । नजिकै समिलहरु छन् तैपनियहाँकाठ चोरी भएको घटनाखासै सुनिएको छैन । शहरीकरणवढेको छ । वनपनिवढेकै छ ।

अबको बाटो
नाङ्गो डाँडामा हरियालीछाएको छ ।यसले माटोको क्षयीकरण र गुणस्तर पनिवढेको छ । चिस्यानवढ्यो । पुरानाप्रजातीहरु आउनथालेकाछन् । जैविकविविधताको वृद्धिहुँदैछ । स्वीस सरकारको सहयोगमा सल्ला वृक्षारोपणभएको भएपनिअहिले क्रमस चौडापाते वनको रुपमाविकास हुँदैछ । खोरथली सामुदायिकवनचरिकोटको ‘सौन्दर्य र सान’भएको छ । तथापी यो सानलाई उद्यमविकाससँग जोड्न आवश्यक छ । वन राम्रो भएसँगसगै उपभोक्ताको जीवनस्तरमा योगदानवन क्षेत्रबाटै हुन सक्ने उपायखोज्नु आजको आवश्यकताभएको छ । खोरथलीको सन्दर्भमा पर्यापर्यटनमाआधारित उद्यमविकास नैं प्रमुखकार्य हुन सक्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *