काठमाडौं । आँफै बाघ वालेन, रवि र कुलमान स्याल, कुखुरा र वाखाको संज्ञा दिने एमाले अजम्बरी अध्यक्ष केपी ओलीको गर्जन पनि एका–एक तमासे जादुगरको जस्तो भएको छ । कार्यकर्ता उचाल्न र ‘बाईवाई’ बटुल्न अध्यक्ष ओलीको सहभागीको सेन्टीमेन्ट अनुसार वोल्न त सक्छन्, तर आफ्नै घोषणा र आफ्नै वोली टिकाउन सक्दैनन् भन्ने कुरा आगामी चुनावमा कांग्रेस–एमाले प्रतिस्पर्धी नभई सहयात्री बन्ने तयारी हो । यो सरकारले जनतालाई केही दिएन, माफिया र तस्करलाई पोषिरहेको छ ।
रविलाई स्याले, कुलमानलाई कुखुरा र बालेनलाई बाख्राकोसंज्ञा दिएका ओलीले यिनको पार्टी एकता पुराना पार्टीप्रतिको जनआक्रोश घटाउन जे बोले पनि छुट छ । जसले आफ्नै पदिय मर्यादाको ख्याल गर्दैन । त्यस्ताको बोली र व्यवहार पनि विश्वासयोग्य हुँदैन भन्ने कुरा ओलीले विगतमा सत्तास्वार्थका लागि राप्रपा, रास्वपा, जसपा र माओबादीसँग भएको सहकार्य हो । ओलीको छुद्रताले एकपटकको सहकार्य छोडिएपछि फेरि हुँदैन । अहिले कांग्रेस र एमाले नडराएको भए चुनावी प्रतिस्पर्धी बन्न हिचकिचाउँदैनथे । यीनले हिजो ऑफू जितेका ठाउँमा आफ्नै उम्मेदवार बनाउने विपक्षीले जितेका ठाउँमा सिट भागवण्डा गर्ने गरी मित्री तयारी गर्नु पराजयको डरनै हो । भदौ २३ र २४ को कत्लेआम र विध्वँसको कारक नै तत्कालीन सरकारको दन्ब र अहंंकार नै हो ।
सामाजिक सञ्जाल बन्द गरेर आफ्ना कमजोरी लुकाउन खोज्दाको परिणाम आज देखिँदै छ । जेनजीका अगाडि पार्टी महाधिवेशनबाट नयाँ नेतृत्व चुनिए पनि युवाहरुको केन्द्रमा सहभागिता बढाए पनि ओली डराउनुको कारण धेरै छन् । उनले गौरीबहादुर कार्कीको आयोगमा बयान भन्थे । आयोगले अपहेलनाको कानूनी प्रकृया अगाडि सार्दा ओली चुनाव लड्न अयोग्य भइन्छ भनेर सुरक्षाका कारण देखाएर घरमै बयान लिन आऊ भन्ने अवस्थामा पुगेका हुन् । त्यसपछि आयोगले ओलीको घरमै बयान लियो । (तामाकोशीबाट)
