काठमाडौं । कांग्रेस अरुलाई अर्ति दिन्छ आफूभित्र लोभीपापी र भ्रष्टकै चहलपहल हुँदा पार्टीका निर्णायक नाममा महिनौं अल्झने गर्छ भन्ने कुरा संसदीय दलको नेता चयानमा भएको ढिलाइले देखाएको थियो । गत फागुन २१ को चुनावी समीक्षा र जरा अभियान चलाएर निर्वाचनमा पराजयको समीक्षा गर्दै जनताका बीचमा गएको त्यो कांग्रेस संसदीयदलको नेता को बन्ने भन्ने लडाईँमा थियो । प्रमुख प्रतिपक्ष दलको नेता भनेको ओइटिङ्ग प्रधानमन्त्रीसरह मान्यता राख्छ । संवैधानिक परिषद्को सदस्य हुन्छ । राज्यको सेवा सुविधा त्यसैअनुसार पाउँछ । त्यहीँ कारणले कांग्रेसभित्र त्यो पदको लागि ठूलो लडाइँ भएको थियो ।
जम्मा ३८ सिटको कांग्रेसमा निर्वाचित भएका अधिकांश विशेष महाधिवेशन पक्षधर छन् । देउवापक्षले समानुपातिक संसदको सिफारिस गर्दा धेरै आफ्नै टीममा भएकालाई पारेको थियो । गगन थापा र विश्वप्रकाश शर्माबीच भेगीय हिसाबले दलको नेता छनोटमा विवाद हुँदाहुँदै सर्वसम्मत रुपमै समाधान खोजिएको छ । थापा र शर्माको विवादका बाबजुद शर्माको जोडबलमा भीष्मराज आङदम्बेलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएको छ ।
अर्जुननर सिंह केसीले आफू पार्टीमा सिनियर र अनुभवी भएकाले संसदीय दलको नेता आफू हुनुपर्छ दावी गरिरहँदा ढिलाइ भएको थियो । उता सभापति गगन थापालाई पनि भित्रभित्रै केसी संसदीय दलको नेता बनाउनु मन भए पनि ससुरा नाता परेकाले बोल्न अप्ठ्यारो भएको थियो । तर, ढिलै भएपनि कांग्रेसले संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गरेको छ । त्यसले गर्दा अब कांग्रेसभित्रको विवाद साम्य हुन्छ कि गुटगत रुपमा झन् विवाद हुन्छ एकिन छैन ।

