अनन्त गुरुङ
पुँजीवादी मुलुकहरुमा सुकुम्बासी समस्या सामान्य समस्या हो । अमेरिका जस्तो विश्वा कै महाशक्ति राष्ट्रले पनि सुकुम्बासी समस्याको समाधान निकाल्न सकीरहेको छैन । सार्वजनिक फुटपाथमा नै बसेर गुजार चलाउनेहरुको संख्या अमेरिकामा धेरै छन । सुकुम्बासी समस्या र बसाई सराईको समस्या एक अर्का सित जोडिएको हुन्छ । अवसरको खोजीमा बसाई सर्दै मानिसहरु गाउँबाट सहरमा र सहरबाट बिदेशमा बसाई सर्ने गरेकाछन । नेपालमा सक्रिय राजतंत्र भएको बेलामा सुकुम्बासीको समस्या सुन्य नै थियो । गाउँबाट सहरमा बसाई सर्ने र सहरबाट वैदेशिक रोजगारीमा जाने समस्या नेपालमा त्यो बेला थिएन । मानिसहरु परिवार सहित खेतीपाती र वस्तुभाउ पाली गाउँमा नै बसेर आआफ्नो गुजारा चलाउँदै आएका थिए । जब राजतंत्र र राजतंत्रको सक्रिय नेतृत्वमा चलेको पञ्चायती व्यवस्थालाई हटाउने पुराना दलहरुले नेपालमा आन्दोलन सुरु गर्यो तब गाउँको सुरक्षा व्यावस्था कमजोर हुन पुग्यो ।फलस्वरुप भरपर्दो सुरक्षा खोज्दै गाउँका मानिसहरु जिल्ला सदर मुकाम हुँदै राजधानी सहर काठमान्डौमा आश्रय खोज्दै अस्थाई बसोबास गर्न थालेकाहुन ।
माओवादीले नेतृत्व गरेको दश बर्षे जनयुद्ध कालमा गाउँको सुरक्षा झनै बुग्रियो । त्यो बेला माओवादीले आफ्ना बिरोध गर्नेहरुलाई वर्ग सत्रु भन्दै सफाय गर्न थाले पछि गाउँका बासिन्दाहरु खेतीपाती र वस्तुभाउ सबै अलपत्र छाडी बालबच्चा खेदेर काठमण्डौ जस्तो ठुलो सहरमा सरण लिन अस्थाई बसाई सरेका थिए । जब माओवादीले अन्य दलहरु सित मिलेर १२ बुँदे दिल्ली शान्ति सम्झौता गर्यो तब माओवादी बनेकाहरु पनि काठमाण्डौ सहरमा आएर उहाँहरुकै डरले गाउँबाट भागेकाहरु संगै हुकुम्बासी र सुकुम्बासीको रुपमा एक अर्काको परिपुरक बनेर बस्दै गए । यहाँ पनि हुकुम्बासीहरुले सरकारी ऐलानी जग्गामा घर टहरो बनाएर सुकुम्बासीहरुलाई भाडामा लगाउँदै राम्रो आम्दानी निकालेर मोजमस्तीपूर्ण जीन्दगी बिताईरहेका थिए । सामर्थ्यवान सुकुम्बासीहरु काठमाण्डौ सहरबाट पनि वैदेशिक रोजगारीमा गए भने सामर्थ्य नभएका सुकुम्बासीहरु हुकुम्बासीहरुको थिचोमिचो सहेर नै भएपनि आफ्नो र आफ्नो परिवारजनको एकमूठी सासलाई जोगाएर बसी नै रहे ।
बिस्तारै पुरानो दलहरुले सुकुम्बासी समस्यालाई पनि नाफा कमाउने व्यापार व्यवसाय बनाउँदै लगेर आआफ्ना गाउँका राजनीतिक कार्यकर्ताहरु र झोलेहरुलाई सहरमा घरघरेटी दिलाउने वा जग्गाको लालपूर्जा दिलाउने जस्तो लोभ देखाएर सहरमा ल्याउने गरेका थिए । यसरी गाउँघर सुनसान बन्दै गयो र खेतीपाती गर्ने र वस्तुभाउ पाल्ने चलन पनि समाप्त भयो । माओवादीले नेतृत्व गरेको १० बर्षे जनयुद्धमा १७ हजार नेपाली जनताको जान गएको थियो जसको कारण मानिसहरु सुरक्षा खोज्दै सहर पस्न बाध्य भएका थिए । १२ बुँदे दिल्ली शान्ति सम्झौता पछाडि मओवादीहरु राजधानी सहर काठमाण्डौमा पनि छिरे पछि सक्नेहरु यहाँबाट पनि वैदेशिक रोजगारीमा सुरक्षा खोज्दै बिदेशिए । यसरी पहिले गाउँघर र त्यसपछि जिल्ला सदर मुकामहरु र राजधानी सहरबाट पनि कामगर्न सक्ने उमेरका सबै नेपाली जनता बिदेश पलायन भए । ३५ बर्ष पछाडि हाल आएर नेपाली जनताले पुरानो दलहरुबाट सत्ता खोसेर नयाँ दल राष्ट्रिय स्वतंत्र पार्टीको नेताहरुको हातमा सुम्पेकाछन ।
उक्त नयाँ दलको संसदीय दलको नेता बनेर बालेन शाहको नेतृत्वमा बालेन सरकार बनीसकेको अवस्था छ । पुरानो दलहरुले लामोकाल नेपालमा चलाउँदै आएको भ्रष्टाचार र अपराधलाई खतम पारी नेपालमा फेरि सुशासन कायम गर्ने जिम्माको साथ बालेन सरकारको सत्तारोहन भएकोछ । बालेन सरकारको लागि सबै भन्दा ठुलो चुनौती पुराना दलहरुका भ्रष्ट शीर्ष नेताहरुबाटै रहेकोछ । उहाँ भ्रष्टाचारी पुराना दलका शीर्ष नेताहरुलाई कानुनको कठघरामा उभ्याएर जेल हाल्नु निकै चुनौतीपूर्ण कामभए पनि अबोला नेता प्रधानमंत्री बालेनले जसरी पनि नेपाली जनताले दिएको मिसन पुरा गर्नेमा कुनै संका भने रहेकोछैन । जसरी रावणको मृत्यू उनको नाईटोमा राखिएको अमृतको घडामा थियो त्यसरी नै पुरानो दलहरुको शक्ति भनेको हुकुम्बासी द्वारा परिचालित सुकुम्बासीमा टिकेको कुरा बालेनले पनि काठमाण्डौ महानगरपालिकाको मेयर पदमा हुँदा पत्ता लगाएका थिए ।
त्यसैले नेपालको प्रधानमंत्री बन्ने बित्तिकै सुकुम्बासी समस्याको व्यावस्थापन गर्न कम्मर कसेर मैदानमा उत्रेकाछन । पुराना दलहरुले पनि दलिय भागबण्डा नियुक्ती पाएका सर्बोच्चको श्रीमानहरुलाईपरिचालन गरी रोक लगाउन सफल भएका छन तर यो रोकले निरन्तरा पाईराख्ने संभावना भने निकै कम रहेकोछ । गैरदलका प्रधानन्यायाधिश नियुक्त भएर आईसकेपछि निष्पक्ष फैसला गरी फेरि सुकुम्बासी समस्याको व्यवस्थापन गर्ने प्रधानमंत्री बालेनको प्रयासले निरन्तरता पाउने नै छ ।सुकुम्बासीहरुको व्यवस्थापन गर्ने पञ्चायतकालमा पनि पुनर्बास कंपनी बनाईएको थियो । त्यो बेला पाहाडीलाई तराईमा बसाई सारी मधिसे र पाहाडीको बिचमा साथ सहयोग र भाईचारा बढाउने अभियान तत्कालिन राजा महेन्द्रले चलाएका थिए । त्यो बेला कतीपय सैनिक परिवारलाई बसाई सारी तराईको जंगल फाँडेर बसोबास गराउने काम भएको थियो ।तर पुरानो दलहरु सत्तामा आएपछि पटक पटक भूमि आयोग बनाउने काम मात्रै भयो त्यसबाट पहुँच भएका दलका नेताहरुले आफै नक्कली सुकुम्बासी बनेर घरघरेटीको लालपूर्जा हातपारेकाछन भने असली सुकुम्बासीहरुले भने अहिले सम्म घरघरेटी र त्यसको लालपूर्जा पाउन सकीरहेको छैन । भित्रभित्रै यति धेरै भ्रष्टाचारहरु भएकाछन कि त्यसैको कारण असली सुकुम्बसीहरु आजसम्म पनि उपेक्षित भएकाछन ।
प्रधानमंत्री बालेन शाहले पुराना दलहरुले भूमि आयोगको नाममा आज सम्म भएको र गरेको भ्रष्टाचारलाई नाङ्गेझार पारी योग्य सुकुम्बासीहरुलाई बर्ष दिन भित्रै लालपूर्जा दिने गरी व्यवस्थापकिय कार्य अगाडि बढाएकाछन । हाल दलका हुकुम्बासीहरुका बिरुद्ध बालेन सरकारले चलाएको घर भत्काउने डोजर कार्यबाहीमा पीडित भएका असली सुकुम्बासीहरुको जीवनयापनको लागि पनि ठोश आर्थिक सहायता, रोजगारी, बस्ने, खाने र केटाकेटीलाई स्कुलमा पढाउने सम्मका सहुलियत सुबिधाहरु प्रदान गरिएकोछ । तर हुकुम्बासीहरुले भने त्यस्तो सुबिधा र सहुलियत नपाएको हुँदा सडक आन्दोलनमा उताउलो भएर उत्रेकाछन तर चाँडै ठण्डा परिजाने कुरामा कुनै संका छैन ।हालका प्रधानमंत्री बालेन काठमाण्डौ महानगरपालिकाको मेयर हुँदा ओली(देउवा सरकारको हष्तक्षेप खासगरी एमाले शीर्ष नेता पूर्व प्रधानमंत्री ओलीको ठाडो निर्देशनले गर्दा नियम कानुन अनुसार काम गर्न पाउनु भएको थिएन । सोहीकारणले गर्दा उहाँले उक्त मेयर पदलाई नै त्यागेर हष्तक्षेपकारी एमाले शीर्ष नेता ओलीका बिरुद्ध नै साँसद पदको चुनावमा भिडेका थिए । त्यसमा ठुलो सफलता प्राप्त भएपछि भ्रष्टाचारी पुराना दलहरुको साम्राज्य नराम्रो सित ढल्यो अनि नेपालमा सुशासनले प्राथमिकता पायो ।
बालेन शाह र रबिको नेतृत्वमा राष्ट्रिय स्वतंत्र पार्टीलाई आम चुनावमा २र३ बहुमतको सफलता प्राप्त भएपछि जेन जेडले उठाएका मुद्दाहरु जस्तो भ्रष्टाचार र अपराध निवारणको लागि नेपाल राष्ट्रमा आम जनभावना तयार भयो । नेपालमा कुशासन चलाउँदै आएका पुराना दलहरुका शीर्ष नेताहरुलाई उहाँहरुले गरेको अकुत भ्रष्टाचार र आर्थिक अपराधको लागि कानुनी कार्यबाही चलाएर नेपाल राष्ट्रको अवस्था बदल्नु पर्छ भन्ने आममत तयार भयो । पहिलो पटक नेपालको राजनीतिमा परिवर्तनकारी राजनीतिले महत्व पाएर नेपाल राष्ट्र र नेपाली जनजीवनमा हाबी भयो । यहि अवसरको लाभ उठाएर प्रधानमंत्री बालेनले मेयर हुँदा पुराना दलहरुको हष्तक्षेपले गर्दा पुरा गर्न नसकिएको काठमाण्डौ महानगर पालिकाको सुकुम्बासी समस्याको समाधन र व्यवस्थपन पुरा गरेकाछन । हाल सर्बोच्च अदालतको हष्तक्षेपले गर्दा रोकिएको उक्त काम चाँडै नै सुचार भएर काठमाण्डौ महानगरको मात्र होइन मुलुकै भरीको सुकुम्बासीहरुले स्थायी बसोबासको अधिकार पाउनेछन र पुराना दलहरुले देखाउने गरेको लालपूर्जाको राजनीति हमेसाको लागि समाप्त हुनेछ । अहिलेको अवस्थामा बालेन सरकारको महत्वपूर्ण काम भनेको संबिधान संसोधन गरी नेपा ली जनताले मागेको राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मको वापसी गर्ने महानकार्यहरु पुरा गर्नु नै हो । पुराना दलहरुले सुकुम्बासी समस्याको किचलो झिकेर बालेन सरकारको ध्यान अर्कोतिर मोड्ने प्रयास गरीराखेकाछन ।
सुकुम्बासीहरुको समवेदनालाई उपयोग गरी पुराना दलहरुको हुकुमबासी झोलेहरुले आफ्नो कुत्सित अभिष्ट पुरा गर्न खोज्दैछन तर बालेन सरकारले यो कुरा राम्रै सित बुझेको हुँदा पुराना दलहरुले प्रयोग गरेका हुकुम्बासीको मास्टर कार्ड असफल हुनेमा कुनै संसय छैन । राष्ट्रिय स्वतंत्र दलका सभापति राबिलाई पुराना दलहरुले बिनाकरण दिएको दुस्ख अझ पनि नेपाली जनताको जनमानसमा ताजै छन । जेन जेड बालकहरुको मासहत्या गराएर चोखो बन्न खोजेको ओली(देउवा सरकारका नाईकेहरुका बिरुद्ध पनि अझ सम्म उहाँहरुले गरेको भातृहत्याको लागि कानुनी कार्यबाही अगाडि बढाउन सकिएको छैन । जब सम्म उल्लेखित राष्ट्रिय मुद्दाहरु समाधान हुँदैन तब सम्म बालेन सरकार सफल भएको मानिने छैन । नेपालको नामधारी कम्युनिष्ट पार्टीहरुले अहिले सम्म गर्दै आएको पुँजीवादी अभ्यास कै कारण नेपालमा सुकुम्बासी समस्या बढेर सम्हाल्न नै नसकिने अवस्थामा पुगेको हो । बालेन सरकारले अहिले उक्त समस्यालाई समाधान गर्न खोजेको हुँदा त्यसलाई नेपाली जनताले पनि सुशासनको प्रयास कै रुपमा लिएकाछन । पुरानो दलहरुको लागि सुकुम्बासी समस्या एक समस्या मात्रै नभएर उहाँहरुले अहिले सम्म गर्दै आएका भ्रष्टाचार र अर्थिक अपराधलाई जीवित नै राखीरहने एक महाउपाय पनि हो । त्यहि भेद्लाई राम्रो सित चाल पाएका प्रधानमंत्री बालेनले पुराना दलहरुलाई कमजोर पार्न कै लागि उनीहरुको आधार ईलाका सेल्टरमाधाबा बोलेका हुन ।
पुराना दलहरुले राजनीति गरी राम्रै समाजको कल्याण हुने काममा पनि बखेडा झिक्ने क्षमतालाई कमजोर बनाउन प्रधानमंत्री बालेनको यो प्रयोगमहाउपाय सवित हुने निश्चिद नै छ । अव पुराना दलहरुको मरनासन्न लासलाई कहिले जुनी फिर्न नसक्ने गरी जमिन मुनी दफनाउन मात्रै बाकीरहेको छ ताकी तिनीहरुको भुतले पनि नेपालको भविष्यको सन्ततीलाई कहिले पनि दुस्ख दिन नसकोस ।

