भक्तपुर सडक डिभिजनमा योगेशको हालीमुहाली, मन्त्री बेखबर

राजनीति समाचार

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयमा विकासका निर्माणका काम गर्नेभन्दा कर्मचारीहरुमा ‘दिनकटाउने, मानुपचाउने’ दिनचर्य बढिरहेको छ । किन कि विकास निर्माणको लागि विनियोजित बजेट बाढीपहिरोदेखि विभिन्न घटना, दूर्घटनामा ध्वस्त भएका भौतिक संरचना मर्मत संभारमा खर्च भइरहेको छ । त्यसले गर्दा बहुवर्षे राष्ट्रिय आयोजनाका कामहरु अलपत्र परिरहेका छन् ।

गत आवको विकास बजेट आगजनीमा ध्वस्त भएका कार्यालत्य मर्मत र गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा खर्च भएको थियो भने चालु आव २०८३÷८४ को विकास बजेट बाढीपहिरो पीडितको नाममा खर्च हुने देखिएको छ । ठेक्का लागेका कामहरु पनि बजेट अभावकै कारण रोकिने भएका छन् । यस्ता विषयमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ध्यान दिएका छैनन् ।

शहरी, भौतिक र खानेपानी मन्त्रालय गाभेर पूर्वाधार विकास मन्त्रालय बनाइएको छ । तीनवटा महत्वपूर्ण मन्त्रालयलाई एउटैमा गाभिएपछि साविका सबै अन्त्रालयअन्तर्गतका कामहरु अलपत्र परिरहेका छन् । एकातिर यो अवस्था छ भने अर्कोतिर भ्रष्ट कर्मचारीहरुको हालीमुहाली चलिरहेको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गको भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेश वर्षौंदेखि एउटै कार्यालयमा ढलीमली गरिरहेका छन् । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रालय हुँदादेखि भक्तपुर सडक डिभिजन कार्यालयमा कार्यरत योगेश अहिले मन्त्रालयको नामै परिवर्तन भएर पूर्वाधार विकासमन्त्रालय हुँदासम्म तरमारिरहेका छन् ।

योगेशलाई भक्तपुरका तत्कालीन सांसद महेश बस्नेले अन्यत्रबाट सरुवा गरेर त्यहाँ लगेका थिए । योगेशलाई भक्तपुर सडक डिभिजनको प्रमुख बनाएपछि अर्बौ बजेटको चलखेल भएको स्रोतको दावी छ । निजामती कर्मचारीको नियम अनुसार कुनै पनि कार्यालय प्रमुख दुईदेखि साढेदुई वर्षभित्र अन्यत्र सरुवा हुनुपर्ने हुन्छ । तर, योगेश भने एमाले निकट इन्जिनियरिङ एशोसिएसनको आडमा तत्कालीन भौतिकमन्त्री देवेन्द्र दाहालका पिए मनोज दाहाललाई ५० लाख रुपैयाँ घुस खुवाएर भक्तपुर सडक डिभिजन कार्यालयमै थमौती हुन सफल भएको स्रोतले उल्लेख गरेको छ ।

खानी–एवन–कमलजित जेभी र लामा–नवकान्तिपुर जेभी नेपालका सडक पूर्वाधार निर्माण र पुनर्निर्माण कार्यमा संलग्न दुईवटा ख्यातिप्राप्त निर्माण व्यवसायी कम्पनीका संयुक्त (व्यष्लत ख्भलतगचभक(व्ख्) हुन् । यी कम्पनीहरूले बिपी राजमार्ग (वी.पी. हाइवे) अन्तर्गतका विभिन्न सडक खण्डहरूको पुनर्निर्माण तथा स्तरोन्नतिका लागि महत्त्वपूर्ण ठेक्का प्राप्त गरेका थिए । भक्तपुर सडक डिभिजन प्रखुख योगेशले यी निर्माण व्यवसायी कम्पनीहरुको काममा त्रुटी देखाई भेरिएसन गराएर गर्न लगाएर ठूलो रकमको चलखेल गरेको आरोप छ । त्यसमा पनि वीपी हाईवेको ठेक्कामा प्रतिस्पर्धा गराई रकम घटाएको देखाएर कमिसन खाएर फेरि तीनै ठेकेदारलाई निर्माणको ठेक्का दिएका थिए ।

धुलिखेल–खावाको सडकको ठेक्कामा पनि उनै ठेकेदारलाई अनुकूल हुने गरी भक्त लामाले करोडौं कमिसन दिएर ठेक्का हात पारेका छन् । यस्ता डिभिजन प्रमुखलाई मन्त्री सुनिल लम्सालले न त सरुवा गर्न सकेका छन् न त कारबाही नै गर्न सकेका छन् । भक्तपुर डिभिजन प्रमुखको यसै विषयलाई लिएर २०८२ असोज र कात्तिकमा तामाकोशी सन्देशले समाचार प्रकाशित गरेको थियो । गत आर्थिक वर्षमा भक्तपुर सडक डिभिजन कार्यालयलाई ९ अर्ब बजेट छुट्याएको थियो । त्यति ठूलो रकम छुट्याउँदा पनि भक्तपुरमा सडक निर्माणको काम हुन सकेको छैन । अहिले पनि निर्माणाधिन सडकहरु अलपत्र परिराखेका छन् ।

योगेश एमालेको संरक्षणमा भक्तपुृर सडक डिभिजनमा रजगज गरिरहेका छन् । उनको सम्पत्ति छानविन गर्नुपर्ने आवाज पूर्वाधार विकास मन्त्रायमा उठ्न थालेको छ । तर, यस्ता विषयमा मन्त्री लम्सालले ध्यान दिएका छैनन् । उल्टै योगेश जस्ता भ्रष्टाचारीहरुलाई प्रयोग गरेर उठ्ती धन्दा चलाउने गरेको पूर्वाधार विकासमन्त्रालयमा चर्चा हुन थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *