काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिको रुपमा रवि लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री हुँदा नक्कली नागरिकता काण्डले पद गयो । समयले उपनिर्वाचन पछि पनि रविलाई नै त्यहीँ पद दिलाइयो । त्यो बेला पनि प्रचण्ड नै प्रधानमन्त्री थिए ।
त्यही बेला सहकारी ठगीका पौरखीहरु धनराज गुरुङ, अञ्जला कोइराला, भीम तामाङहरुको चर्चासँगै जीवी राईको कुरा आयो । रवि लामिछाने न्यूज २४ छाडेर ग्यालेक्सी टिभीमा जोडिएका कारण राईसँग जोडेर टेलिभिजनले गरेको खर्च लोकतान्त्रिक गणतन्त्रको कानून रविमाथि कठोर एमाले नेकाका नेता कार्यकर्तालाई जोगाउने रविलाई फसाउने केमेस्ट्री गगन र सूर्य थापाहरुको भयो । त्यसमा एमाले, रास्वपाको शत्रु भयो ।
जेनजी आन्दोलनले कांग्रेस, एमाले र माओवादीको धतुरो झा¥यो । रास्वपालाई ठूलो पार्टी, संविधान संशोधन गर्ने आँटसहितको शक्ति दिलायो । आज कांग्रेसका गगन थापाको प्रधानमन्त्री बालेन्द्रसँग भन्दा रास्वपाका सभापति रविसँग केमेस्ट्री मिल्न पुगेको छ । लामिछानेले पैँचो तिर्न कांग्रेसको १५ औं महाधिवेशनमा अतिथिका रुपमा सहभागी हुँदैछन् । हिजो गगन गएका थिए । संसदीय अभ्यासमा रवि र गगनसँगै छैनन् । तर, सर्वदलीय बैठकमा उनी आफै सहभागी भएका छन् ।
त्यसले सम्बन्ध सुधारिएको छ । कम्युनिस्टहरु भाँडिएर कमजोर हुँदा रास्वपा र कांग्रेसको सहकार्य हुन सक्ने वातावरण बन्दै छ । लाबेन्द्र सरकार दशैतिहार र छठपछि टिक्छ कि टिक्दैन । चार अराजक र अल्गोरिदमधारीका गलत प्रचारका कारण सत्तामा टिक्ने स्थिति घट्दै गएको छ । त्यो बेला कांग्रेस रविको साथमा हुने संकेत देखिएको छ ।


