काठमाडौं । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुवाउने र आन्दोलनको नाममा देश जलाउने दुवै नेपाली जनताका सत्रु भएको बताएका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा भक्तपुरमा सांस्कृतिक भन्तुना र्यालीमा सो कुरा बताएका हुन् । नेपाली कांग्रेस, एमाले, माओवादीलगायतका पुराना पार्टीहरुले भ्रष्टाचार गरेर देश डुबाएको आरोप लागे तापनि नयाँं, जोस र जागरका साथ उदाएको रास्वपाको पनि भ्रटाचारको दलदलमा फसेको बताएका थिए । भदौ २३ र २४ गते जेनजीहरुले देश जलाएको आरोप लगाएका थिए । दुवै पक्षबाट देश नबन्ने ठोकुवा गरेका थिए ।
देशमा भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने बताएका थिए । प्रधानमन्त्री र मन्त्रीहरुले काम गर्न सकेका छैनन् भने कर्मचारीले कसरी गर्छन् भन्ने अभिव्यक्ति दिएका थिए । १७ वर्ष अगाडि भक्तपुर मालपोतमा सरारकोवाला मन्त्री निरीक्षणमा आउँंदा तत्कालिन मालपोत हाकिमले आफूहरुले खाएको घुस प्रधानमन्त्रीसम्म पुग्ने गरेको स्मरण गराएका थिए । मालपोत, नापी, यातायात र भन्सार जस्ता कार्यालयहरुमा व्यापारी र कर्मचारीहरुको मिलेमतो भएकै कारण भ्रष्टाचार न्यूनीकरण भनाई थियो ।
नेपाल मजदुर किसान पार्टीले चुनावमा हार्नु भनेको नेपाली जनता हार्नु हो भनेका थिए । भारतले सिमा अतिक्रमण गर्दा होस् वा भ्रष्टाचार गर्दा अरु दल र दलका नेताहरु कोही पनि नबोल्ने बरु सवै मिलिजुली खाने गरेको आरोप पनि लगाएका थिए ।
सुवालले नेपाल संवत् नयाँ वर्षलाई केवल पात्रो परिवर्तनका रूपमा नभई भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोडेर मनाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल भाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्चार, ४६ औँ नेपाल भाषा साहित्य सम्मेलनका आयोजक समिति गोल्मढी भक्तपुरका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांलगायतले सम्बोधन गरेका थिए ।
सो र्यालीमा परम्परागत बाजागाजा, सांस्कृतिक सहभागि रहेका थिए । नेपाल भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सो र्यालीले आयोजना गरिएको थियो ।

