काठमाडौं । विगत लामो समयदेखि मेनपावर संचलक र विचौलियाहरु मिलेर नेपाली युवायुवतीलाई विभिन्न खाडी मुलुक पु¥याएर अलपत्र पार्ने र महिलाहरुलाई घरेलु कामदारको लागि कुवेत, बराइन जस्ता देशमा अलपत्र पार्ने काम हुँदै आएको थियो । रास्वपाको सरकार बनेको सात महिना पार हुँदा पनि नेपालीहरु विदेश जान रोकिएका छैनन् ।
रास्वपाको चुनावी वाचापत्रमा विदेशमा रहेका नेपालीहरुलाई स्वेदशमै रोजगारी दिने घोषणा गरे तापनि सरकारले रोजगारी दिन सकेको छैन । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले पनि नेपालीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सकेका छैनन् । यादव मन्त्री बनेको सात महिना पूरा हुँदा पनि न त उद्योग धन्दा सञ्चालनको लागि पहल भएको छ न त भएका उद्योगहरु राम्रोसँग चल्न सकेका छन् । त्यसले गर्दा नेपाली युवायुवतीहरु स्वदेशमा भन्दा विदेशमा जाने क्रम बढ्दै गएको छ ।
नेपालबाट युवाहरु कतार, मलेसिया, दुबई, साउदी, साइप्रस जस्ता देशहरुमा जाने गरेका थिए । त्यहाँ जाने युवायुवतीहरु प्रायःजसो ठगिने र विदेशमै अलपत्र पर्ने घटनाहरु बढिरहेको बेला पछिल्लो समय दुबई सरकारले २७६ मेनपावर कम्पनीसँग सिण्डिकेट गरेपछि मलेसिया जानेहरुको संख्या घट्दै गएको छ । त्यसले गर्दा अधिकांश युवायुवतीहरु युरोपियन देशहरुमा जान थालेका छन् । अधिकांश नेपालीहरु रोमानिया जानेको संख्या बढ्दै गएको छ । रोमानियाबाट अन्य देशहरुमा जाने क्रम पनि बढ्दै गएको छ भने ठगीका घटनाहरु पनि बढ्दै गएका छन् । ठगीका उजुरीहरु देशैभरी ५० हजार भन्दा माथि पुगेका छन् ।
त्यसैगरी रोमानिया जानेहरुको लागि विचौलियाहरुले महंगो शुल्क असुलिरहेका छन् । रोमानिया देशमा जानेहरु खास गरी उत्पादनशिल क्षेत्रमा काम गर्न थालेका छन् । कृषि, इन्जिनियरिङ, आइटी मेनेजमेन्ट, होटल, रेष्टुरेष्ट र हाउसकिपिङमा बढी जाने गरेको पाइन्छ । रोमानियाका लागि विचौलियाहरुले पनि महंगो शुल्क असुल्ने गरिरहेका छन् । तर विचौलियाले महंगो शुल्क असुलिरहँदा पनि त्यसको अनुगमन र निरीक्षण युवा, श्रम तथा रोजगार मन्त्रालयले गर्न सकेको छैन । मन्त्री यादव रमिते बनिरहेका छन् । वैदेशिक रोजगार विभागमा दिन प्रति दिन घुसको अखडा बनिरहेको छ । त्यसैगरी उजुरीको चाङ पनि त्यतिकै बढेको छ । कर्मचारीहरुले न्याय दिने भन्दा घुसको लेनदेनमा पीडितलाई झन् पिडा दिने गरेको पीडितहरुको गुनासो छ । ठूला भनिएका मेनपावर संचालक र कर्मचारीहरको मिलेमतोमा भ्रष्टाचार बढिरहँदा पनि बालेन सरकारका मन्त्री रामजी यादव मुकदर्शक बनेका छन् । त्यसले गर्दा पनि वैदेशिक रोजगार विभागमा ठगिका उजुरीहरु बढ्दै गएको छ ।
रोमानिया देशमा गएका कतिपय नेपालीहरुले सामान डेलिभरी गर्ने, स्टोरमा काम गर्ने, सामान प्याकिङ गर्ने, लोड अनलोड गर्ने जस्ता काममा लागि परेका छन् । अर्कोतर्फ नेपालीहरु हंगिरिया, जर्मन भाषा प्रयोग गर्ने गर्दछन् । त्यही भाषा अनुसार रोमानियाबाट अन्य देशहरुमा जाने संख्या पनि बढेदै गएको छ ।
नेपालीहरुलाई राज्यले हेर्ने दृष्टिकोणमा पनि फरक देखिएको छ । कतिपय नेपालीहरु विदेशमा अंगभंग भई स्वदेश फर्कन समेत समस्या पर्दा राज्यका निकायहरु निकम्म बन्दै गएका छन् । अझ पछिल्लो समय त अनलाइन ठगीबाट धेरै पीडित बनिरहेका छन् । विदेश जानेको संख्या पनि फस्टाउँदै गएको छ । अनलाइन ठगी धन्दा पनि फस्टाउँदै गएको छ ।

