आइक्यु एयरका अनुसार काठमाडौं बन्यो विश्वकै दोस्रो प्रदूषित सहर

देश/विदेश शिक्षा/स्वास्थ समाचार

काठमाडौं । विश्वको वायु गुणस्तर मापन आइक्यु एयरका अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको छ।

आइक्यु एयरकाअनुसार बिहीबार बिहान साढे ११ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) एक सय ८३ पुगेको छ। जसले काठमाडौंको वायुको अवस्था खराब दर्शाउँछ। आइक्युर एयरका अनुसार पाकिस्तानको कराँची विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ। चीनको वुहान नेपालपछिको स्थानमा छ भने पाकिस्तानकै लाहोर चौथो नम्बरमा छ।
एक्युआइ इन्डेक्सअनुसार ० देखि ५० अंक स्वच्छ वायु, ०५१ देखि एक सय मध्यम, एक सय एक देखि एक सय ५० अंक संवेदनशील समूहका लागि जोखिमयुक्त र त्यसभन्दा माथिको अंकलाई हानिकारक वायु मानिन्छ। राजमार्गमा सडक चौडा पार्ने र पूर्वाधार बनाउने काम भइरहेकाले धुलो उड्दा वायु प्रदूषण भइरहेको छ। काठमाडौं उपत्यकाभित्रै पनि तार भूमिगत गर्ने, फुटपाथ बनाउने लगायतका काम भइरहेकाले वायु प्रदूषणलाई सघाएका छन्।

हिउँद याममा पानी नपर्दा पनि वायु प्रदूषण नघटेको वातावरण विभागले जानकारी दिएको छ। यसका अलावा बन डढेलोका घटना पनि बढेका छन्। यी कारणले विभिन्न सहरको वायुको गुणस्तर अत्यन्तै कमजोर बनेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *