विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको टुगेदर फर टुमरोः युथ एण्ड द प्राइमिनिस्टर कार्यक्रममा प्रधानमन्त्रीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले त्यसमा लाग्न आग्रह गरेका छन् ।

मेडिकल कलेजहरु प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर सरकार अगाडि बढिरहेको उल्लेख गर्दै समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि रहेकोले त्यसतर्फ आफुले काम अगाडि बढाएको जानकारी दिएका छन् । उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए ।

नेपालको स्वास्थ्य क्षेत्रमा यसले ठूलो परिवर्तन ल्याउने छ । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको समेत प्रधामन्त्री ओलीको भनाई रहेको छ ।
कार्यक्रमा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब १ सय ४० युवाको सहभागीता थियो । उनीहरुले आफ्ना क्षेत्रको अवस्था र समस्या राखेका थिए । प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस रुपमा प्रतिवेदन ल्याउन आग्रह गरे । त्यसलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटेर लाने प्रतिबद्धता उनले व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *