नेपाली र चिनियाँ लसुनको बढ्यो भाउ

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाली बजारमा आज लसुनको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली सुकेको लसुनको भाउ बढेको हो ।

सोमबार सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो ६५ रुपैयाँ बढेर आज भने २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । त्यसैगरी कालीमाटीमा चिनियाँ लसुनको भाउ आज सोमबार किलोमा ४० रुपैयाँ बढेर ३ सय १० मा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *