बेनी चक्रपथ सडक लक्ष्यअघि नै भयो पुरा, रङरोगन भएको सडकमा राखियो ‘आइ क्याट’

विविध समाचार

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ ।

सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौंबीच २०८१ साल चैत १९ गते तीन करोड १९ लाख २० हजार ६ सय ८० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०८२ साल असार १५ गतेसम्म ठेक्काको म्याद भएको योजनाको ठेकेदार कम्पनीले २० दिनअघि नै सम्पन्न गरेको हो ।

बेनी–८ कालीपुलबाट दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म नौ सय मिटर लम्बाइमा पाँचदेखि ६ मिटर चौडाइका दरले ढलान गरिएको सडक निर्माण भएको छ । रङरोगन भएको सडकमा ‘आइ क्याट’ राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *