नेपालको सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न १२ वटा जिल्लामा दुई दिन भारी वर्षाको उच्च सम्भावना

विविध समाचार

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आइतबार र सोमबार भारी वर्षाको उच्च जोखिममा रहेको सुचना जारी गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र सो आधारमा ती १२ जिल्ला बढी जोखिमा रहेको जानकारी गराएको हो । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ, कैलालीका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशभर बदली रहेको र कतिपय स्थानमा वर्षा भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *