एसीसी यू–१६ मा नेपालले इन्डोनेसियालाई दियो ४ सय २१ रनको विशाल लक्ष्य, नेपाली ओपनर जैसीको शतक

खेलकुद विविध समाचार

काठमाडौं । नेपालले इन्डोनेसियालाई ४ सय २१ रनको विशाल लक्ष्य दिएको छ ।

एसीसी यू–१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाउँदै चार सय २० रन बनाएको हो ।

नेपालका लागि ओपनर प्रसिद्ध जैसीले शतकीय पारी खेल्दै सर्वाधिक एक सय ३२ रन बनाएका थिए । त्यस्तै अर्का ओपनर परिमार्जन यादव २८ बलमा ७१ रन बनाएका थिए । त्यसैगरी रौनक श्रीवास्तवले ८८ रन बनाएर आउट भए भने जोय थापाले ५७ रन बनाएका थिए । त्यस्तै सुगम बुढाथोकीले अविजित ३९ रन बनाएका थिए ।

त्यस्तै इन्डोनेसियाका बलर केटुट दर्मा पुट्राले दुई विकेट लिए भने केभिन नीरज चड्डा, महेन्द्र अजी युदा प्रतामा र रेहान रिजाले एक एक विकेट लिएका थिए ।
नेपालको यस अघिको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराउँदा जापानमाथि नौ विकेटको जित निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *