काठमाडौं । नेपाल परिवार नियोजन सङ्घले परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ ।
यस क्षेत्रमा गरिएको लगानीले किशोरकिशोरी तथा महिला स्वास्थ्यमा उल्लेखनीय सुधार आउने जनाउँदै सङ्घले प्रदेश सरकारलाई सो आग्रह गरेको हो ।सङ्घद्वारा आयोजित ‘गण्डकी प्रदेशमा परिवार नियोजन एवं यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको अवस्था’ विषयक पैरवी कार्यक्रमका सहभागीहरूले सो आग्रह गर्दै प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको पहुँच सुनिश्चितता गराउनुपर्नेमा जोड दिएका छन् ।
गण्डकी प्रदेशमा स्वास्थ्य तथा परिवार योजना, प्रजनन स्वास्थ्य अधिकार अवस्थाका बारेमा कार्यपत्र प्रस्तुतमा लैङ्गिक असमानता दर बढेकोले ४५ हजार छोरा जन्मिएकोमा ३९ हजार छोरी छन् ।

