नेपालको राजनीतिमा दुई छिमेकीको भर, एमाले पार्टीेभित्र भण्डारीको डर

English Featured राजनीति समाचार

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा फर्किएपछि नेकपा एमालेभित्र पहिरो जान थालेको छ । पूर्वराष्ट्रपति भण्डारीको एमाले पुनरागमनको विषयलाई लिएर पार्टी कार्यालय च्यासल केन्द्रीय कमिटीको बैठकदेखि पोलिट ब्यूरो बैठकसमेत बसेर छलफल तीब्र बनाइएको छ । सो छलफलमा पूर्वराष्ट्रपति भण्डारीको विषयमा टिकाटिप्पणी बढी हुने गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललगायत केही नेताहरुले पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा आउनु नहुने अभिव्यक्ति दिइरहेका छन् भने केही नेताहरुले स्वागतयोग्य भनिरहेका छन् । तर, नेपालको राजनीतिलाई दुई छिमेकी मुलुक भारत र चीनले नजिकबाट नियालिरहेका छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको करिव १४ महिनाको हाराहारीमा बल्लतल्ल उत्तरी छिमेकी मुलुक भारतले भ्रमणमा बोलाएको समाचार सार्वजनिक भएको छ । सो समाचार सार्वजनिक भएता पनि प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ अन्तिम साताहुने योजना रहेको छ । सो भ्रमण हुने नहुने अझै निश्चित छैन । अर्कोतर्फ भारत र अमेरिकाले कांग्रेस, एमालेलगायत पुराना दलहरुलाई पछि पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अगाडि बढाउने संकेत गरिरहेको छ । त्यसको अर्थ हो रास्वपाले देशैभरी रवि छुटाउ र चन्दा संकलन अभियान चलाइरहेको छ । रविलाई अगाडि ल्याउन खोज्नु भनेको भारत र अमेरिकाले नेपालमा लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउन खोज्नु हो । उता अर्को छिमेकी मुलुक चीनले नेपालमा वामएकताको लागि विगत लामो समयदेखि प्रयास गरिरहेको थियो ।

त्यसको लागि एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका वरिष्ठ नेता झनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रयोग गरेको थियो । तर, उनीहरुबाट विश्वास र भरोसा नदेखेपछि पूर्वराष्ट्रपति भण्डारीलाई चीन बोलाएर नेपालको कम्युनिष्ट नेताको रुपमा स्थापित गराउने खेलोफड्को गरेको थियो । त्यही विषयलाई लिएर पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जानुभएको थियो । भण्डारी चीन भ्रमणबाट स्वदेश फर्किएपछि एमाले राजनीतिमा सक्रिय हुन थाल्नुभएको थियो । विद्यालाई अगाडि बढाउँदा नेपालमा वापन्थी एकता हुने सम्भावना देखेपछि चीनले कम्युनिष्ट नेताको रुपमा भण्डारीलाई हेरेको छ ।

यदि वामएकता हुँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेमा मिसिएको खण्डमा उनले नेतृत्व हत्याउने खतरा पनि त्यत्तिकै छ । त्यसै कारणले एमालेका वरिष्ठ नेताहरु तर्सिन थालेका छन् । एमालेका अधिकांश नेताहरु विद्याको पक्षमा देखिए तापनि खुलेर अध्यक्ष ओलीको विरोध गर्ने हैसियत राख्दैनन् । त्यसले गर्दा विद्यालाई राजनीतिमा आउन नदिने षडेन्त्र त्यत्तिकै छ । अधयक्ष र महासचिवलगायत केही नेताहरु विद्याको विरोधमा लागिपरेका छन् । पार्टीमा आन्तरिक झगडा यथावत रहिरहने हो भने आगामी ८४ को निर्वाचनमा एमाले झन् कमजोर हुने देखिन्छ ।

८४ को निर्वाचनमा एमाले कमजोर हुनुभनेको नेपालमा लोकतान्त्रिक गणतन्त्र खतरामा पर्नुहो । नेपाली कांग्रेसमा संस्थापन पक्ष र इतरपक्षको आन्तरिक झगडाको कारणले भारत र अमेरिकाले रविलाई अगाडि बढाउन खोजिरहेको देखिन्छ । अब छिमेकी मुलुक चीनको योजना अनुसार एमालेमा विद्यालाई कसरी स्थापित गराएर अगाडि बढाउँछ कि बढाउँदैन हेर्न बाँकी छ ।

त्यसले गर्दा विद्याको एमाले आगमनले पार्टीभित्र कस्तो भूमिका रहन्छ निश्चित छैन । पूर्वराष्ट्रपति भण्डारीकै कारण एमालेभित्र केही साता अगाडिदेखि पार्टी कार्यालय च्यासलमा बैठक बस्ने र भेला गर्ने थलो बनेको छ । यस्तो क्रियाकलापले एमालेलाई कतातिर पु¥याउने हो भन्ने चासो र चिन्ता नेता, कार्यकर्ताले गर्न थालेका छन् । उता, विद्याको आगमनले भित्रभित्रै उत्साहित भएपनि अधिकांश नेता, कार्यकर्ता कारबाहीमा परिने डरले खुलेर बोल्न सकेका छैनन् । अध्यक्ष ओलीले पनि अन्य नेताहरुबाट भरपर्दो भावी उत्तराधिकारी देखेका छैनन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *