राजनीतिक दलको सिद्धान्त हुन्छ । सो को आधारमा दिर्घकालिन दृष्टिकोण हुन्छ । जस्तालाइ रणनीति वन्ने चलन छ । त्यसै गरी अल्पकालिन कार्यनीति हुन्छ । सो को आधारमा कार्यक्रमहरु सञ्चालन गरिन्छ । नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रुपमा ‘माक्र्सवाद लेलिनवाद र जनताको वहुदलिय जनवाद’ लाई अंङ्गिकार गरेको छ । सो सिद्धान्तमा रहेर दिर्घकालिन रणनीति तयार गरेको छ । सोही आधारमा कार्यक्रमहरु तर्जुृमा गरिएको छ । पार्टीका सवै संरचनाहरुले कार्यक्रमिक रणनीति तथा कार्यक्रमहरु सञ्चालन गर्दछन् । नेकपा एमाले दोलखा जिल्ला र पालिका कमिटीहरुले जहाँ नागरिक त्यहाँ पार्टी गतिविधि र जहाँ सदस्य त्यहाँ पार्टी संरचना भन्ने कार्यनीति सहितको कार्यक्रम तर्जुमा गरेको छ ।
जहाँ नागरिक त्यहाँ पार्टी अभियान
नेकपा एमाले जिल्ला कमिटी दोलखा र भीमेश्वर नगर कमिटीका अधिवेशनबाट पारित दस्तावेजहरु जहाँ नागरिक त्यहाँ पार्टी काम र अभियान भन्ने उल्लेख छ । सोही दस्तावेज कार्यान्वयनकालागि असार ६ गते वसेको नगर कमिटीको चौथो पूर्ण वैठक वसी काठमाडौं उपत्यका केन्द्रीत अभियान गर्ने निर्णय गरिएको थियो । सोही अनुसार भीमेश्वर नगर काठमाडौं सम्पर्क मञ्चको गतिविधिलाई सहयोग गर्ने अभिप्रायले हामी यता केन्द्रीत भएका छौं ।
भीमेश्वर नगरपालिकाका नागरिकहरु ४० प्रतिशत भन्दा वढि काठमाडौं उपत्यकामा वसोवास गर्ने गरेको अनुमान छ । त्यसैले नेकपा एमालेको दोलखामा रहेको पार्टी कमिटीहरुले उपत्यका केन्द्रीत अभियान थालेको हो । यस क्रममा दोलखा काठमाडौं सम्पर्क मञ्च र दोलखाका पार्टी कमिटीहरुको संयुक्त छलफल ग¥यौं । पालिका सम्पर्क मञ्च र भुगोलका पालिका कमिटी विचको समन्वय वैठक वस्यो । पालिका स्तरीय अभियानकालागि सहजिकरण टिम वन्यो । भीमेश्वरमा पनि भीमेश्वर नगर कमिटी र भीेमेश्वर नगर काठमाडौं मञ्चको संयुक्त वैठक वस्यो । सो वैठकबाट असार १० गते शनिवारका दिन विस्तारित वैठक तथा कार्यशाला आयोजना गरियो ।
असार १० गतेका दिन ‘विस्तारित वैठक तथा कार्यशाला’ नेकपा एमालेको पोलिट्व्युरो सदस्य एवं पूर्व मन्त्री पार्वत गुरुङ्गको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । पार्टी कमिटीले कार्यशाला सञ्चालन गरिनु नौलो रुपमा हेरिएको थियो । सिर्जनात्मक काम मानिएको थियो । यस कार्यक्रममा भुगोलका ९ बटै वडा कमिटीका अध्यक्षहरु, भीमेश्वर नगर कमिटीका पदाधिकारी, भीमेश्वर नगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार भैं निर्वाचित कार्यपालिकाको टिम, भीमेश्वर भुगोलबाट जिल्ला कमिटी र प्रदेश कमिटीका नेताहरुको उपस्थीति रहेको थियो । त्यसै गरी वडा सम्पर्क मञ्च, भीमेश्वर नगर सम्पर्क मञ्च, जिल्ला सम्पर्क मञ्च र बागमती प्रदेश सम्पर्क कमिटीका नेताहरुको सहभागिता रहेको थियो ।
औपचारिक रुपमा उद्घाटन सत्र संक्षिप्त गरिएको थियो । कार्यशाला सत्रमा वडागत छलफल गरिएको थियो । सहभागीहरुको वसाई व्यवस्थापनकालागि सुरुमा नैं हरेक वडाकोलागि एक, एक टेवुल व्यवस्था गरिएको थियो । त्यस टेवलमा जनप्रतिनिधि र सवै तहका नेताहरुको उपस्थीति रहेको थियो । वडागत रुपमा पार्टीेको अवस्था विश्लेषण गरियो । वडागत रुपमा पार्टीको सवल पक्ष, कमजोरी, अवसर र चुनौती विश्लेषण गरियो । अनी वडागत रुपमा निकालिएको निचोड सामुहिक प्रस्तुती गरियो ।
अवस्था विश्लेषणको सार
पार्टी सदस्यहरु स्वतस्फुर्त रुपमा सदस्यता नविकरण हुनु, सवै वडाका वडास्तरीय कमिटीहरु गठन हुनु, नियमित वैठक भैरहनु, कमिटीगत सम्वन्ध प्रभावकारी रहेको, पार्टी अभियानमा उत्साहजनक सहभागिता जस्ता विषयहरुलाई सवल पक्षमा आएका थिए । त्यसै गरी सुधार गर्नु पर्नेकमजोरी पक्षहरु समेत लेखाजोखा भएको छ । पार्टी सदस्य र कमिटी विचमा नियमित छलफलमा कमी, नयाँ पुस्तालाई पार्टी कमिटीहरुमा ल्याउन नसक्नु, केहीको पार्टी सदस्यता नविकरणमा आफैं सकृय नहुनु, साधान स्रोतको सिमितता, माथिल्लो कमिटीले निर्देशन मात्रै दिने तर वडा कमिटीलाई तल्लो कमिटी भन्ने जग कमिटीको रुपमा स्वीकार गर्न नसकेको, निर्वाचनमा जारी प्रतिवद्धता पत्र अनुसारको काम गर्न नसक्नु, प्रभावकारी रुपमा संगठन चलाएमान हुन नसक्नु, गुनासा मात्र गर्ने संख्यामा वृद्धि, प्रशिक्षणका कमि, जनजिविको सवालमा ठोस कदम चाल्न नसक्नु जस्तै वाँदर नियन्त्रणको सवाल, पार्टी कमिटी र जनप्रतिनिधिहरु विच प्रभावकारी समन्वय हुन नसक्नु, वडास्तरमा जनसंगठन निर्माण र परिचालनमा कमि जस्ता विषयहरु सुधार गर्नु पर्ने भनि औल्याएका छन् । टोल तहसम्म पार्टीको संरचना रहेकोले जनजिविकाको सवाल सम्वोधन गर्ने गरी राज्य संयन्त्रहरुमा प्रतिनिधित्वको अवसर, नयाँ नयाँ नविनम अभियानहरु सञ्चालन गरी नागरिकको मन जित्ने अवसर समेत आउन सक्ने अनुमान गरिएको छ । त्यसै गरी एमालेको गतिविधिलाई गलत रुपमा मात्र प्रचार गरी भ्रम फैल्याउने काम र एमाले माथि चौतर्फि आक्रमणलाई चुनौतीको रुपमा हेरिएको थियो ।
उपत्यका केन्द्रीत अभियान
कार्यशालाबाट वडागत समूह कार्यबाट बर्तमान अवस्था विश्लेषण पश्चात सवल पक्षलाई निरन्तरता दिन, कमजोरी सुधार्न, अवसरलाई उपयोग गर्न र चुनौतीसँग सामना गर्न कुन संरचनाले के गर्नु पर्दछ भन्ने विषयमा छलफल भयो । यस कार्यशालामा भएका वा प्रतिनिधित्व गरेका नेकपा एमालेका संरचनाहरुले निर्वाह गर्नु पर्ने भूमिका निक्र्यौल भयो । नागरिकसँगको अन्तरकृयामा जोड दिने, सदस्यता विस्तार तथा नविकरण गर्ने, जनप्रतिनिधि र पार्टी कमिटी विच नियमित समन्वय र सहकार्य गर्ने, तहगत रुपमा जानकारी प्रवाह गरिनु पर्ने, अवसरमा न्यायोचितता, नागरिक भेटघाट र गुनासो व्यवस्थापन, प्रतिवद्धता पत्रको समिक्षा, जनप्रतिनिधिहरु पार्टी कमिटी प्रति वफादार र उत्तरदायी हुने जस्ता उपायहरु निर्धारण भएक छन् ।
उपत्यका केन्द्रीत पार्टी विस्तार तथा सुदृढिकरणकालागि नागरिक भेटघाटको योजना तर्जुमा गरियो । कुनै वडाले वडा सम्पर्क कमिटीको वैठक राखी घरदैलो तथा नागरिक भेटघाट योजना वनाउने कुरा भयो । कतिपय वडाले पछिल्लो दिन देखि नैं अभियान सुरु गर्ने योजना तयार भयो । आफ्नो वडाका को को कता कता वस्दछ् भन्ने सूची पनि तयार भयो ।
नेताले सुन्ने नागरिकले बोल्ने अभियान
असार ११ गते नैं केही वडाका नागरिकसँग भेटघाट सुरु भयो । भीमेश्वर नगरपालिका वडा नं. ६ का श्याम थापा दाईसँग भेटघाट गर्न हामीहरु केही गयौं । उहाँको निवास अनामनगरमा रहेछ । उहाँ केही महिना देखि अस्वस्थ्य हुनुहुन्थ्यो । ७८ बर्षिय श्याम दाई र भाउजुसँग कुराकानी ग¥यौं । यहाँ ६ नं. वडा कमिटीका सचिव हरिहर न्यौपाने, सोही वडाका सम्पर्क कमिटीका निवर्तमान अध्यक्ष तिलराज खतिवडा र म गएका थियौं । उहाँ २०५० दशकमा चरिकोट आसपासमा एमालेको आडभरोसाको व्यक्ति हुनुहुन्थ्यो । पुराना दिनहरु कुराकानी ग¥यौं । पार्टी गतिविधिको समिक्षा र उहाँका सुझावहरु लियौं । पार्टी अभियान प्रति खुसी व्यक्त गर्दै शुभकामना दिनु भयो । हामी हिड्ने बेलामा मुठ्ठी कसेर लालसलाम भन्नु भयो । हामीलाई थप उत्साहित बनाउनु भयो ।
त्यसै गरी असार १२ गते विहान वडा नं. २ को वैठक र ५ नं.को नागरिक भेटघाटको योजना रहेछ । म ५ नं. तिर लागें । भीमेश्वर नगपालिका वडा नं. ५ का ४६ वर्षिय श्याम श्रेष्ठको भरखरै निधन भएको रहेछ । उहाँको परिवारलाई समवेदना प्रकट गर्न भीमेश्वर वडा नं ५ का वडा अध्यक्ष, हाम्रा नेता शंकरलाल श्रेष्ठ, राम वहादुर श्रेष्ठ सहितको टोली त्यता गयौं । फर्केर एक कफि हाउसमा त्यस वरपर वस्ने केही नागरिकहरुसँग भेटघाट तथा कुराकानी भयो ।
पार्टी कमिटी र जनप्रतिनिधिहरुले गरेको असल काम, सुधार गर्नु पर्ने कुराहरुमा वुँदागत राख्न आग्रह ग¥यौं । जनजिविकाको सवाल देखि विकासले पारेको प्रभावका वारेमा आफ्ना कुराहरु राख्नु भयो । उहाँहरुसँगको अन्तरक्रियामा भएका विषयहरु समावेश गरेर छुट्टै लेख लेख्ने नैं छु । उहाँहरुसँगको छलफलबाट स्थानीय तथा राष्ट्रिय सवालहरुको वारेमा छलफल भयो । भुगोलमा भएका काम तथा गतिविधिहरुलाई चासो लिनु भएको पाइयो । पार्टीका गतिविधि प्रति समेत सचेत रहेको पाइयो ।
अन्त्यमा दोलखाको भुगोलमा रहेको पार्टी कमिटीले उपत्यका केन्द्रीत पार्टी अभियानमा सम्पर्क मञ्चलाई सहयोग गरी पार्टी विस्तार तथा सुदृढिकरणमा एक नयाँ अभ्यास सहितको आयाम थपेको छ । यसको प्रभाव कस्तो पर्ने हो भविष्यको पोल्टामा छाडिदिउँ तर नागरिक र पार्टी कमिटी विच दोहोरो सम्वन्ध विकास हुने आशा लिएको छ ।
यसरी भेटघाट गर्दा नेकपा एमालेका सदस्यहरु विच मात्रै पुग्दैन । जो जता आस्था राख्ने भए पनि नेकपा एमालेको पार्टी संरचनाले भेटघाट कुराकानी गर्ने सोच विकास गरिएको छ । यसले नागरिकसँग पुग्ने उहाँहरुको कुरा सुन्ने राजनीतिक दलको रुपमा पहिचान बढ्ने विस्वास लिइएको छ । यस अभियानमा पार्टी कमिटीका मानिसहरु बोल्दैनौं सुन्छौ । वोल्यौं भनेपनि सुन्नकोलागि बोल्छौं । बोल्ने पालो नागरिकको हो । नागरिकले बोलेको कुरा पार्टी कमिटीले सुझावको रुपमा ग्रहण गरी कार्यक्रम र नीतिमा रुपान्तरण गर्ने कोशिस हुनेछ । धन्यवाद ।

