विश्वासको मत सम्बन्धि रिटमा सर्वोच्चबाट कागजात झिकाउन आदेश

विविध समाचार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउने आदेश गरेको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनस् समर्थन गरेको पत्र झिकाउन आदेश दिएको हो । यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको छ ।

यसका साथै नाउपाको वैधानिकता र पदाधिकारी विवादमा समेत निर्वाचन आयोगबाट आवश्यक विवरणहरु मगाउने आदेश भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *