कानुनको हुर्मत लिँदै चन्द्र ढकाल

राजनीति समाचार

काठमाडौं । शक्तिको आडमा कानूनको हुर्मत लिएका चन्द्र ढकालले कब्जा गरेको ३६ हेक्टर जंगलभित्र बनेको चद्रागिरी हिल्स आज चर्चामा छ । २०७५ सालमा तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री थिए । प्रचण्ड प्रधानमन्त्री हुँदा तत्कालीन वनमन्त्री शक्ति बस्नेको मन्त्रिस्तरीय निर्णयले ५ हेक्टर जमीनमा काजगी रुपमा जस्ताको छानो हालेर कटेज बनाउने अनुमति लिइयो । तर, ढकालले त्यो बेला त्यहाँ पाँचतारे होटल नै बनाए । उनले माधव कुमार नेपाल प्रधानमन्त्री भएकै बले सामुदायिक जंगलको १५ हेक्टरभन्दा बढी जमीन कब्जा गरी केवल कार निर्माण गर्न स्वीकृति लिएका थिए । यो २०६५ ÷०६६ को कुरा हो । त्यो काम गरिएबापत माधवको प्रेस सल्लाहकारले घर उपहार पाएका थिए । आज उनी एमाले अध्यक्ष ओलीका भक्त छन् ।

माधवलाई हिस्स पारे्का छन् । सत्ता साम्राज्यमा जोडिन ढकालले देशको कमाई देशभित्र लगानी गरेर रोजारी बढाएको नाउमा राज्यको सम्पत्ति कब्जा गरेको कुरा छर्ल छ । चन्द्रगिरी केवल कारभित्र रजाइँ तीनकै छ । ढकालले नक्कली भालेश्वर महादेव खडा गरी पुराना चन्द्रागिरी देवीको अस्तु एउटा कुनामा थन्क्याएर स्थानीय जनताको अपमान गरेका छन् । चन्द्रागिरी क्षेत्रबाट पैदल हिड्नेसँग समेत शुल्क असुलेका ढकालको समाज सेवा त्यहाँ ह्वाङ्गै भयो ।

तत्कालीन वनमन्त्री शक्तिबहादुर बस्नेतलाई हात लिएका ढकाललाई २०७६ असार २५ गते मन्त्रीस्तरीय निर्णय गरी बजेट बनाउने नाउँमा पाँचतारे होटल बनाएपछि वनकै कर्मचारीले सिकायत गरे । मन्त्रीको तहबाट जरिवाना १ लाख लिने निर्णय गर्दा मन्त्रालयका सचिव र कर्मचारीले स्वीकार गरेनन् । कर्मचारीकै दबाबले रु २० लाख जरिवाना ढकालले तिरे । तर, कटेजले कब्जा गरेको ३६ हेक्टर जमीनको सासिक भाडा तोकेर अशुल्ने काम भएन । चन्द्रागिरी हिल्स र केवलकार फरक कम्पवनी हुन् ।

तर, मुल साहुँ चन्द्र ढकाल हुन् । ढकालको मनपरीसँग केपी ओली, डा. आरजु राण र पुष्प कमल दाहाल प्रचण्ड जोडिएका छन् । त्यहीँ कारण अख्तियारले समेत चासो दिँदैन । सम्झौता पुनरावलोकन पनि भएको छैन । बालेन सरकारको वनमन्त्रालयले यो बुझेको छ कि छैन । राज्यले. सम्पत्ति कब्जा गर्नेहरुमाथि जोडर चलाउने बालेन सरकारले स्माट फोन काण्डको पर्दाफास गरेजस्तै चन्द्र ढकालका कर्तुतको भण्डारफोर कहिले गर्ला ? चन्द्रागिरीबाट सताइएका जनता प्रतिक्षा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *