काठमाडौं । नेपाल सरकारका अधिकांश सचिवलाई प्रधानमन्त्री कार्यालयमा राखेर सरकारले तमासा देखाइ रहेको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरुलाई यतिबेला ‘माछाबजार’ रुपमा हेर्न थालिएको छ । सरकारले अझैं केही सचिवलाई प्रधानमन्त्री कार्यालयमा लगेर थुपार्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष दरबन्दीसहितका ४ सचिव रहेतापनि थप ६ सचिव ल्याएर प्रधानमन्त्री कार्यालयमा अतिरिक्तमा राखिएको छ । अब छिट्टै अर्काे एक सचिव पनि प्रधानमन्त्री कार्यालयमै अतिरिक्तमा राखिने भएको छ ।
गत ९ वैशाखदेखि गृह मन्त्रालय नेतृत्वविहीन रहेको थियो । गृह मन्त्री सुदन गुरुङ्गले क्लिन चिट पाए पछि गुरुङ्ग फेरी गृहमन्त्री फर्केका छन् । सुदन गुरुङ्ग र दिपक भट्टबीचको कनेक्सन पछि सरकारले गत वैशाख २८ को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । सोही समितिको प्रतिवेदन बुझे लगतै बालेन साहले सुदन गुरुङ्गलाई पुन गृह मन्त्री बनाएका छन् । सो सिफारिस समितिमा रहेका सदस्य शोभाकान्त पौडेललाई यस अघि नै नेपाल बैंकको अध्यक्ष, कर्जा सुरक्षण कोषको अध्यक्ष बनाइएको छ ।
यी प्रशासकलाई एकै पटक दुई दुई वटा निकायको अध्यक्ष बनाइनु एकमात्र उद्देश्य सुदनलाई सफाई दिएर गृहकै कुर्सीमा फर्काउनु रहेको थियो । सुदनलाई क्लिन चिट र गृहकै कुर्सीमा फर्काउने काम फत्ये हुनु अगावै राजश्व सचिव भुपाल बराललाई दोस्रो पटक प्रदेश पठाइएको छ । भुपालले उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको कम्पनीको हितमा काम गरेको र करको दरको सूचना चुहाएको आरोप लागेको छ । एकै पटक १८ सचिव सरुवा हुँदा शोभाकान्त किन जोगिए ? प्रधानमन्त्री कार्यालय स्रोत भन्छ, सम्भवत गृह नभए अर्थमा फर्कनेछन् ।
शोभाकान्ते ०७८ भदौ ३ गतेदेखि फागुन २ गतेसम्म आन्तरिक राजस्व विभागमा कार्यरत थिए । ०८० जेठ १७ देखि चैत १८ गतेसम्म भन्सार विभागको महानिर्देशक बनेका थिए । अर्थ मन्त्रालय बसेका उनी ठूला करदाता कार्यालयमा हुँदा एनसेलको ७२ अर्व लाभकर छली प्रकरणमा जोडिने विवादित कर्मचारी हुन् । सचिव बनेपछि गण्डकी प्रदेशको प्रमुख सचिवको रुपमा सरुवा भएका थिए । उनी २१ दिनमै सरुवा उल्टाएर महालेखा नियन्त्रक बनेका हुन् । अब गृह सचिव राजकुमार श्रेष्ठ अर्थात अर्थ सचिव घनश्याम उपाध्यायमध्ये एकलाई प्रधानमन्त्री कार्यालयको जगेडामा थन्काएर त्यहाँ शोभाकान्तले नियुक्ति गर्ने योजना रहेको छ । प्रधानमन्त्री कार्यालयका एक सचिव भन्छन् ।
सम्भवत अर्थमा गोविन्द कार्की र गृहमा शोभकान्त नियुक्त हुन सक्छन् । उसो त अहिले प्रधानमन्त्री कार्यालयमा १० जना सचिव पुगेका छन् । जहाँ प्रशासन सेवाका सचिवको दरबन्दीमा किरणराज शर्मा र गोविन्दबहादुर कार्की, खगेन्द्रप्रसाद नेपाल, पुष्कर सापकोटा छँदै थिए । त्यसैगरी उपराष्ट्रपति कार्यालयबाट सचिव कृष्णहरि पुष्कर कर्ण, सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सचिव हरिप्रसाद मैनाली, कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट सचिव गोविन्दप्रसाद शर्मा, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट सचिव डिल्लीराम शर्मा, शिक्षा तथा खेलकुद मन्त्रालयबाट सचिव लोकनाथ पौड्याल र गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे रहेका छन् । जगेडामा हालिएका सचिव कृष्णहरि पुष्कर आगामी असार २३ गते अवकाशमा जादैछन् ।
यस्तै सचिव खगेन्द्रप्रसाद नेपाल असार २७ गतेबाट ५ वर्षे कार्यकाल पूरा भएर अनिवार्य अवकाशमा जादैछन् । सचिव किरणराज शर्मा पनि एक महिनापछि ५ वर्ष पूरा गरेर अवकाशमा जाँदैछन् । मुख्यसचिव भए असारभित्रै र नभए साउन ३ गते उनी सचिवबाट बिदाई हुनेछन् । लोकनाथ पौड्याल पनि साउन ६ गते नै ५८ वर्ष लागेर घर जाने सूचीमा छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयबाट तानिएका सचिव हरिप्रसाद मैनाली साउन १९ गतेबाट उमेरहतका कारण घर जादैछन् ।
कृषि वन तथा पर्यावरण मन्त्रालयबाट आएका सचिव गोविन्दप्रसाद शर्मा साउन २४ गते र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट ल्याइएका डिल्लीराम शर्मा असोज २ गतेसम्म जागिर रहने छ । सम्भवत यीमध्येबाट किरणराज शर्मा वा वालेनका विश्वासपात्र सुनिल लम्सालका रोजाईमा रहेका सचिव गोपाल सिग्देलले मुख्य सचिव पदमा बाजी मार्न सक्ने कर्मचारीतन्त्रमा चर्चा छ ।
००

