अनन्त गुरुङ
९२०८३ साल अषाढ३ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित०
पुराना दलहरुले ३६ बर्ष सम्म नेपालमा आफ्नो मनोमानी शासन सत्ता चलाएर राज गरेका थिए । ३६ बर्षको अवधिमा लगभग ३६ सरकारहरु फेरिएका थिए । पुरानो दलका शीर्ष नेताहरु मद्धे एमाले शीर्ष नेता पूर्व प्रधानमंत्री ओलीले हालका प्रधानमंत्री बालेनले जस्तै लगभग २र३ बहुमत भएको सरकारको नेतृत्व दुई पटक गर्न पाएका थिए । त्यस्तो बलियो सरकारको नेतृत्व गरी बस्दा पनि उहाँले आफ्नो स्वार्थ पूर्ति गर्ने बाहेक नेपाल राष्ट्र र नेपाली जनताको हितमा एउटा झिङो पनि मार्न सक्नु भएन ।
सोअवधिमा उल्टोपाल्टो बिकास परियोजनाहरु बनाएर उहाँले नेपाली जनतालाई आजित नै पारेका थिए । एकातिर बिदेशी ऋणको भारी नेपाल राष्ट्रले बोक्नै नसक्ने गरी बढाएका थिए भने अर्को तिर उहाँले ऋणको पैसालाई उट्पट्याङ परियोजनाहरुमा कुनै ठोश योजना बिना नै वेनियमको कागजी डिपिआर बनाएर निरन्तर लगानी गरेकाथिए । नेपाली जनताले पुराना दलहरुलाई क्रान्तिकारी दलहरु सम्झेका थिए । क्रान्तिकारी भन्ने बित्तिकै परिवर्तनको सम्बाहक भएको बुझिन्छ ।
तर पुरानो दलहरुको भनाई र गराईमा ठुलो अन्तर रहेको थियोर छ । नेपाली जनताले कम्युनिष्टहरु र काँग्रेसहरुलाई क्रान्तिकारी सम्झेर नेपालको बिकास गरी समृद्ध र नेपाली नजनतालाई सुखी बनाउँछन भन्ने बिश्वास गरी भोट हाल्दै साथ सहयोग दिएका थिए । तर पुरानो दलहरु र तिनका नेताहरु नेपाली जनताले सोचेको जस्तै थिएन । उहाँहरुले मौका पाउने बित्तिकै राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मलाई नेपाली जनताको आमसहमती बिना नै नेपालको संबिधान २०७२ बाट हटाउने काम गरेका थिए । साथै नेपाल राष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र बनाएर ईसाइ धर्मको प्रचार प्रसारमा पुराना दलहरुका शीर्ष नेताहरु नै समर्पित भएर लागेका थिए ।
नेपालको कम्युनिष्टहरुले धर्म मान्दैन भन्ने जनबिश्वासको विपरित उहाँहरुले नेपालमा ईसाइ धर्मको प्रवर्द्धन गरी नेपाली जनतालाई चकित पारेका थिए । नेपाली जनताले पुरानो दलहरुको मनोमानी यस्तो हुँदा सम्म पनि सहेर नै बसेका थिए किनकि नेपाली जनता सित काँग्रेस, एमाले र माओवादी भन्दा अर्को विकल्प थिएन । पुराना दलहरुले आफ्ना सबै स्थापित शिद्धान्तहरु छाडेर भ्रष्टाचार र अपराधमा लिप्त भएर लागे पछि नेपाली जनतालाई सहीनसक्नु भयो । आमहत्या र हिंसामा संलग्न भएका पुराना दलहरुलाई नेपाली जनताले डर, त्रास वा क्रान्तिमा मकै संगै घुन पनि पिसिन्छ भन्ने सम्झेर सर्वस्वीकार्य गरेका थिए । क्रान्ति भन्दै बैंकहरु र समाजका धनीमानीहरुलाई लुटेका दलहरुलाई नेपाली जनातले सुध्रिएर समाजमा घुलमिल भएर अगाडि बढ्ने अवसर प्रदान गरेका थिए ।
तर पुराना दलहरुले नेपाली जनताको सौहार्दपूर्ण व्यवहारलाई नै आफ्नो जित भएको ठानेर मनपरी तरिकाले शासन सत्ताले आफ्नो स्वार्थ पुरा गर्ने साधनको रुपमा निरन्तर प्रयोग गरी नै रहे । नेपाली जनताले पुराना दलहरुलाई क्रान्तिकारी सम्झेको असलमा पुरानो दलहरु घरजग्गाको दलाल निस्कियो । पुराना दलहरुले नेपाल भरका सार्वजनिक सरकारी जग्गाहरु खोजी खोजी बेचेर खाने र लिजमा दिएर निजीकरण गर्ने जस्ता कुकामहरु अभियान कै रुपमा गरेकाछन । पछिल्लो चरणमा उहाँहरुले संसारमा नै घृणित मानव तस्करी गरी सभ्य समाजको खिल्ली नै उडाईसकेका छन । आम नेपाली जनताको गाँस, बास र कपासको मुद्दा उठाएर सत्तामा पुगेका पुराना दलहरुले त्यसरी जनताको गाँस, बास र कपासलाई नै निजी व्यापार र व्यवसाय बनाउँछन भन्ने कुरा नेपाली जनताले सपनामा पनि कहिले सोचेका थिएनन् ।
घरजग्गा, बनजंगल, नदीनाला र मानव संसाधनलाई व्यापार व्यावसय बनाईसकेका पुराना दलहरुले सुन तस्करी गर्ने व्यवसाय सम्म अपनाई सकेकाछन । अब उहाँहरुले जीन्दगीमा गर्नु पर्ने नराम्रो समाजले बिरोध गर्ने काम केही पनि बाँकी छैन । पुराना दलहरुले कानो गोरुलाई नऔंसी नपुर्ने भनेको जस्तो कुशासन र सुशासनमा कुनै भेद् नै गरेका छैनन् । यहि सुशासनको मुद्दालाई आधार बनाएर नेपालमा जेन जी आन्दोलन सुरु भयो भने त्यसैले पुरानो दलहरुको कुशासनलाई पनि समाप्त पार्ने काम नेपालमा सम्पन्नभयो । जेन जी आन्दोलन कै बदौलत र वलीदानीको परिणामको रुपमा राष्ट्रिय स्वतंत्र पार्टीले आम चुनाव जितेर बालेन सरकारको निर्माण भएको छ । त्यसकारण बालेन सरकारको पहिले कर्तव्य भनेकै सुशासन कायम गर्नु नै हो ।
त्यसको लागि पुरानो दलहरुको नेतृत्व गरी बसेका भ्रष्टाचारीहरु र अपराधीहरुलाई पाता फर्काएर कानुनको कठघरा सम्म घिसार्दै पुर्यानु पर्ने हुन्छ । जेन जी का ७७ बालकहरुले भ्रष्टाचारी र अपराधी ओली(देउवा सरकारको प्रतिकार गरी कलिलै उमेरमा वलीदानी दिएकाछन । उक्त बालकहरुको दिवंगत आत्माहरुलाई चीरशन्ति दिनको लागि पनि बालेन सरकारले पुराना दलहरुको भ्रष्टाचारी र अपराधी तीन शीर्ष नेताहरुलाई पाता फर्काएर नै छाड्नु पर्छ । यहाँ त उल्टै भईरहेको छ किनकि पुरानो दलहरुका शीर्ष नेताहरुले नै बालेनलाई घिसार्दै सडकमा लाउछौं भन्दैछन ।
सदनमा पुरानो दलहरुले माननीय हर्क साम्पाङलाई उचालेर बालेन सरकारको बिरुद्ध सदन आन्दोलन गरेकाछन भने अब सडक आन्दोलन पनि सुरु गर्छौं भन्दैछन । सदनमा श्रम संस्कृति दललाई उचालेर सदन आन्दोलन गर्दै सदनको काम हुन नदिएको एक महिना पुग्न लाग्यो । बालेन सरकारको सय दिनको हनिमुन अवधि भित्रै पुरानो दलहरुले आन्दोलन गरी अन्तर्राष्ट्रिय अभ्यासलाई पनि धोती लगाएकाछन । यहि अवधिमा नै सडक आन्दोलनको तयारी थालेको कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक भई नै राखेकोछ । पुराना दलहरु षडयंत्रकारी र प्रतिक्रियावादी राजनीति गर्नमा खप्पिस भएको हुँदा बालेन सरकारलाई थकाई थकाई बसमा ल्याउने दाउमा लागेकाछन ।
लगभाग २र३ बहुमत पुगेको राष्ट्रिय स्वतंत्र पार्टीले निर्माण गरेको बालेन सरकार कमजोर र फुगर्दैमा ढल्नेवाला छैन । त्यसको लागि राष्ट्रिय स्वतंत्र पार्टी भित्र फुट ल्याउन जरुरी भएको हुँदा त्यसको लागि भ्रम फैलाउने काम पुरानो दलहरुले सुरु गरीसकेकाछन । राबि र बालेन अलग हुने जस्तो कुप्रचार थालेकाछन भने रबिको भारत भ्रमणलाई पनि रबि बालेनलाई हटाएर आफै प्रधानमंत्री बन्न खोजेको तयारीको रुपमा व्याख्या गरेकाछन । यसरी प्रधानमंत्रीको ध्यानलाई पुरानो दलहरुले वास्तविक सरकारी काम देखि भड्काएर प्रतिकारमा उत्रिनको लागि चुनौती दिंदैछन । संसदमा प्रधानमंत्री बालेनले बोलेन वा जबाफ दिएन भन्दै पुरानो दलहरुले उक्साउन खोजीरहेकाछन । प्रधानमंत्री बालेनले त्यो पुरानो दलहरुको त्यो सबै क्रियाकलापहरुलाई वेवस्ता गर्न थालेपछि पुरानो दलहरुले सडक आन्दोलनको झाँसा पनि बेलाबेलामा दिने गरेकाछन ।
झिङ्गाको सरापले डिंगा मर्दैन भन्ने उखान छ त्यस्तै गरी कमजोर भईसकेका पुरानो दलहरुले भनेर वा चाहेर मत्रै लगभग दुईतिहाई बहुमत भएको बालेन सरकारलाई कुनै राजनीतिक नोक्सानी गर्न सक्दैनन् । तिनीहरु आखिरमा मच्चियो मच्चियो अनि थच्चियो मात्रै हुने हुन । आफै झर्ला र खाउँला भन्दै स्याल झै बनेर पछिपछि लागेका पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुको ५ बार्ष कुनै उपलव्धि बिना नै बित्ने देखिन्छ । बालेन सरकारलाई ढाल्छौ र फाल्छौ भनी धारे हात लगाएर बसेका विपक्षी पुरानो दलाका नेताहरुले बालेन सरकारलाई बर्बाद पार्छौ भन्दा भन्दै आफै बर्बाद भएको अत्तोपत्तो नै पाउने छैनन् । बालेन सरकार जस्तो शक्तिशाली हात्ती झै बलियोसरकारले ब्वाँसाहरु पछि लाग्यो भनेर डराउन जरुरी छैन । हात्तीको एक हुँकारले नै हजारौं बाँसाहरु भिड आफै तितर बितर हुनेछन ।
यसो भन्दैमा विपक्षी पुरानो दलहरुलाई कमजोर भने मान्नु हुँदैन । तिनीहरुलाई तिनीहरुले बिगतमा गरेको भ्रष्टाचार र आर्थिक अपराधको जालोमा बेरबार गरी चल्न चटपटाउन नदिने व्यवस्थापन बालेन सरकारले गरी हाल्नु पर्छ । विपक्षी पुरानो दलहरु कार्यबाहीवाट जोगिनको लागि पनि बालेन सरकारलाई तर्साउने धम्काउने गर्दैछन त्यसबाट बालेन सरकार कति पनि बिचलित नभईकिन आफै कर्तव्यपरायण भएर कर्तव्यको पथबाट कहिले पनि बिचलित हुनुहुँदैन । नबिराउनु नडराउन भन्ने पृथ्वी पथको सिद्धान्तलाई पथ प्रदर्शक मानेर अगाडि बढेकाहरुले निस्फिक्री भएर कर्तव्य पुरा गर्दा कसैको डर मान्नु पर्ने छैन । पुराना दलहरुको लागि खतरा बालेन सरकारबाट नभएर उनीहरुले बिगत देखि गर्दै आएका भ्रष्टाचार काण्डहरुबाट छ । उहाँहरुले नेपाल राष्ट्रलाई लुटेर बिदेशी बैंकहरुमा लगेर राखेको पैसा वा बिदेशमा गरेको लगानीबाट छ ।
बालेन सरकार त सामान्य कारण मात्रै हो जसले सत्य, धर्म र कानुनको मार्ग अपनाएर नै पुराना दलका भ्रष्टाचारी र अपराधी शीर्ष नेताहरुलाई सुध्रिने अवसर प्रधान गर्न खोजीरहेको देखिन्छ । पुरानो दलका शीर्ष नेताहरुलाई पापको भारीबाट मूक्त पार्न बालेन सरकारले धोई पखाली गर्न चाहेको छ । जन्मदा खाली हात आएका पुरानो दलका शीर्ष नेताहरुलाई मर्दा पनि खाली हात नै पठाएर यमराजको काम आसान बनाउन बालेन सरकार दिन रात मेहनत गरीरहेकोछ । ३४ बर्षे ठिटोले नेतृत्व गरेको बालेन सरकार सित त्यसको डबल उमेर पार गरेका पुरानो दलका शीर्ष नेताहरुले निउ खोजेर हुँदैन । बालेनलाई घिसारेर सडकमा ल्याउने वा बालेन सरकारलाई ढाली हाल्ने कल्पानिक सपना देख्न वा देखाउन तिर नलागी आफ्नो परलोक सुधार्ने तर्फ पितृवत् बनेर ध्यान दिनु होस अनि तपाईहरुको डर त्रास आफै साम्य भएर जानेछन ।

