काठमाडौं । ‘जान्नेलाई छान्ने’ले ७ प्रतिशत १८ वर्ष मुनिका बालबालिकालाई महाधिवेशन प्रतिनिधि बनाएर उल्का गरेका छन् । जसको पार्टी महाधिवेशनमा विचार, सिद्धान्त, नीति र कार्यक्रमको बहस भएन । हामी कम्युनिस्ट होइनौं , कांग्रेस जस्ता समाजवादी पनि होइनौं संवैधानिक सभाजवाद हाम्रो लक्ष्य हो । यही भनेर उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको उपसभापति सर्वसम्मत पड्काए । प्रधानमन्त्रीको हाउडे टीमका गृहमन्त्री सुदन गुरुङ,, पूर्वाधारमन्त्री मात्र होइनन, पर्यटनमन्त्री गणेश अधिकारीसमेत प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य बन्ने आँट गरेनन् ।
देश बनाउने हामी भन्दै प्रधानमन्त्री बालेन्द्र साहले फेस बुकमा लेखेको स्टाटसमा सम्पत्ति शुद्धिकरणमा पर्ने गृहमन्त्री सुदनको कार्यक्रम नै धम्की बन्दैछ भने पूर्वाधारमन्त्रीले ठेकेदारको खुट्टा भाँच्ने बोलीले सभापति रवि लामिछानेलाई बँचाउ गर्न भ्याईनभ्याई छ । ४ हजार ३ सय ३९ जना प्रतिनिधि भएको रास्वपाको पदाधिकारी छनोट गर्दा १५ सय प्रतिनिधि सहभागि थिए । जसले देश बनाउने हामी भन्छ उसको ताल देख्दा पुरानाको कुरा काट्ने ठाउँ भएन ।
रास्वपाले जनताको काम गर्ने भनेको छ । सरकारले किसानलाई मल दिएको छैन । तर प्रचारमा मल गोदाममा छ भनिएको छ । विदेशबाट ल्याएको मल गोदाममा राख्ने हो कि किसानलाई वितरण गर्ने हो ? कृषिमन्त्रीको भनाइ आउँदैन । कर्मचारी प्रशासन रास्वपामुखी बनाउन पुराना १० हजार हटाउने र प्रत्येक मन्त्रालयमा सात जना सल्लाहकार र नौजनाको सचिवालय राख्ने निर्णय नै घातक बन्दै छ । यो टोली भनेको मन्त्रीको नाउमा उठाउन देश दौडिने हो ।
पूर्व राजा ज्ञानेन्द्रले दलहरुलाई खेदेर पुराना मण्डलेलाई सत्ता सुम्पँदा यस्तै टोली शाही आयोगको नाउमा बनेको थियो । प्रधानमन्त्री आफै अराजक भएको पार्टीले दुई तिहाईको सदुपयोग गर्ने अवस्था छैन । किन कि जसको पार्टी महाधिवेशनको वैधानिकता नै छैन ।

