–विष्णु महत (अधिवक्ता)
पृथ्वीमा अस्तित्वमा रहेका जीवहरुमध्ये मानिस सर्वश्रेष्ठ र चेतनशील प्राणी हो । मानव सभ्यताको शुरु–शुरुमा आमजीवजन्तु जस्तै मानिस पनि जंगलमा बस्ने र अन्य प्राणीलाई मारेर खाने संस्कारमा थियो । त्यो संस्कारबाट विस्तारै बिकसित भएर आजको अवस्थासम्म आइपुगेको हो । आजको अवस्थासम्म आइपुग्दा मानिसले मानिसल मार्न चाँही छोडेको छैन, तर खान छोडेको छ । यो मानिसमा भएको चेतनाले गर्दा आएको परिवर्तन हो । चेतनामा आएको यस प्रकारको परिवर्तन र विकासले मालिस दिन–प्रतिदिन सामाजिक हुदै गयो । यद्यपि आफ्नो समुह र बर्ग संरक्षणको स्वार्थबाट अलग रहन सकेन । त्यसको परिणाम विश्वमा मानिसको धर्म संस्कार संस्कृति, भेषभुषा र बसोवासलाई आधार मानी बिभिन्न राष्ट्र र राष्ट्रियताको पहिचान, परिचय निर्माण भयो । त्यसैको उपज विश्व मानचित्रमा एशियाका दुई ठूला राष्ट्र भारत र चीनबीचमा रहेको अपरिवर्तित भू–भाग हो त्यो ’नेपाल’ देशको नामले परिचित छ । त्यहि नेपाल देशका नागरिकको हैसियतमा हामी नेपाली भनेर चिनिएका छौं ।
हाम्रो देश नेपाल संसारमा शक्तिसाली राष्ट्रले आफूभन्दा कमजोर राष्ट्रमाथि उपनिवेश लादेर शासन गरेको औपनिवेशिक युगमाः पनि आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सफल शाहासिक इतिहास बोकेको देश हो । तथापि विश्वको इतिहासमा औपनिवेशिक शासन भोग्न बाध्य भएका निरिह देशहरूले उपनिवेशबाट स्वतन्त्र भएर गरेको विकासको तुलनामा नेपाल धेरै पछि परेको छ । यसरी विकासकै गति पछाडी पर्नुको कारण नेतृत्वमा रहेकाहरुको स्वर्थपूर्ण मानसिकता हो भन्ने सम्बन्धमा पछिल्लो समयका सबै नेपाली जानकार छन् ।
नेतृत्वमा रहेको त्यो स्वार्थ राष्ट्र निर्माणको भावनाबाट अभिप्रेरित भएको भए आज नेपालीहरुले बाँच्नको लागि विदेशी भूमिमा प्रताडन भोग्नु पर्ने थिएन । प्राकृतिक रूपमा नेपाल धनि छ । नेपाल संग भएको प्राकृतिक स्रोत, साधनलाई उपयोग गर्ने हो भने नेपालीले कसैसँग सहयोगको हात फैलाउनु पर्ने थिएन । शैद्धान्तिक शिक्षा नेपालको जति राम्रो अन्य देशमा पाईदा तर उद्योग धन्दा कलका– नाको अभावमा व्यवहारीक शिक्षाको समस्या भोग्न बाध्य भएका नेपाली युवायुवतीको सैद्धान्तिक ज्ञानको फाइदा् ’कुरा देखि–देखि अर्काले जिएर उपलब्धी गरीरहेको छ र यस्तो जानि जानि हामी नेपालीले छोरो विदेशमा छ छोरी विदेशमा छ, भनेर गौरब गर्नु परेकोछ भने शासन सत्तामा रहेको नेतृत्व रेमिटयान सबै देश चलाएर रमाइ रहोको छ । योभन्दा विडम्बना अरु के होला ?
हाम्रो देशमा विद्यमान यहि पिडा प्रत्यक निर्वाचको लागि जनताबारे भोट बिन’ सहज माध्यम बनेकोछ म यसरी जनताको भोट लिएर सत्तामा पुगेको नेतृत्वले सत्तामा पुगेपछि संधै सत्तामा टिक्नको लागी अन्तराष्ट्रिय स्वार्थको पक्षमा उभिन बाध्य हुनुपर्ने अन्यथा राष्ट्रको पक्षमा उभिन सो राजा महेन्द्र, राजा विरेन्द्र, राजा ज्ञानेन्द्र र मदन भण्डारीको हालत भोग्नु पर्ने हुँदा जेन्जी आन्दोलन पछि बनेको दुइतिहाई बहुमत सहितको वर्तमान सरकार पनि जन अपेक्षा अरूप राष्ट्रको पक्षमा बुद्ध लेख्न सक्ने कुरामा विश्वास योग्य देखिँदैन ।
यसले निर्वाचित भएर सत्तासिन भएपछि देशमा विद्यमान संरचनाबाई आफ्नो देश निर्माण गर्ने योजना र नीति अनुरूप काम गर्न निर्देशन गरी अगाडी बढ्नु पर्नेमा आफु बाहेक अरुलाई गलत देख्ने गरेको कारण आज देश अस्त ब्यस्त भएकोछ । कुनै निकायमा काम गर्ने कर्मचारीले नेतृत्वलाई सहयोग गरेको छैन । सुरक्षा निकायहरु यति जनताको मानसिकताले भरोसा र विश्वास गर्न लायक वातावरण छैन । अदालत क्षतविक्षत भएको छ । संविधान शिवितछ भनेर ढाकछोप गरिएकोछ । कानून र संविधानको कहिकतै पालना भएको देखिदैन । ऋणै ऋणमा नेपालको भविष्य निर्माण हुन्छ भनिएकोछ तर देशमा धर्मको नाममा र जातित्वको नाममा हुन्छ शुरु भइसक्यो ।
यति हुँदा पनि दलका कार्यकर्ता र बायु सार्वभौम सत्ता माथी खतरा हुनेगरी नेपाली आकाशमा विदेशी मिसाइलको छायां मडारीएको देख्दैनन देखेको भए राजनितिक दाउपेचमा म कसरी सत्तासिन डेन सक्छु अर्थात हाम्रो पार्टी कसरी सत्तासिन हुन सक्छ भन्ने लक्ष्य उद्देश्य बोक्न छोडेर शब्दमा आउन सक्ने गम्भीर चुनौतीलाई कसरी पार लगाउन सकिन्छ भनेर गोलमेचको खोजीमा अघि बढिसकेका हुनेथिए ।
गद्दी च्युत भएको राजालाई देश संकटमा जान्छ की भन्ने चिन्ता हुने तर जगताको रगत, पसिनामा मोज गरेका नेताहरूलाई त्यसप्रति राजनीतिक रोटी सेक्ने अवसरको चाहना कुनै कुराले यो देशको सार्वभौमसत्ता बचे पनि नबचे पनि केही फरक पर्दैन । सार्वभौमिकता ज–जसको अन्तर्गत रहे पनि हाम्रो काम राजनीति गर्ने हो, गरिहाल्छौं भन्ने गैरजिम्मेवार मानसिकताले काम गरिरहेको छ ।
दुईतिहाइ बहुमतको सरकार भएमा देश बन्छ भन्ने दलहरुको भनाइअनुसार जनताले दुईतिहाइ एउटै द
लको पुग्ने गरी मत दिए । भलै त्यो मत कांग्रेस, एमाले र माओवादी नामका दलहरुले पाए मात्र देश बन्ने अरुले पाउँदा नबन्ने भन्ने हुँदैन । यदि कांग्रेस, एमाले र माओवादीको उद्देश्य र लक्ष्य साँचै देश बनाउने हो भने यो दुइतिहाई बहुमत एउटै दलको आएको मौकाको उपयोग गरी देशको भविष्यको लागि गर्न सकिने कामहरु गर्नको लागि सरकारलाई सकरात्मक रुपले सहयोग गर्ने बचनवद्धता जगाएर जनतासामु प्रस्तुत गर्नुपर्दछ । त्यो ज्ञान, सीप र अनुभव ती दलहकसँग छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलीय हिसाबले र त्यसका प्रतिनिधिहरू उमेरका हिसावले अनुभव र अभ्यासमा कमजोर छन् । तर जनताको आसा तिनीहरुसंगै भएको कुरा जनमतले प्रमाणित गरेको छ । यस्तो अवस्थामा आफ्नो राजनीतिक छवी कायम राख्नको लागि पनि पुराना दलहरुले राष्ट्रिय आवश्यकता पहिचान गरी देशलाई निकासा दिन पहल कदमी लिनुपर्छ । अन्यथा देशले ठूलो क्षति व्यहोर्न वाध्य हुनुपर्ने दिन टाढा छैन ।

