नेपालको प्रशासनिक समस्याको कारण ट्रेड युनियन होइन
गोपाल पोखरेल
नेपालको राजनीतिक इतिहासमा एउटा कटु सत्य बारम्बार दोहोरिएको छ—सत्ता बदलिन्छ, व्यवस्था बदलिन्छ, तर श्रमिक अधिकारमाथि प्रहार गर्ने प्रवृत्ति उस्तै रहन्छ । वि.सं. २००९ मा राणाशासनले ट्रेड युनियनमाथि प्रतिबन्ध लगायो, २०६२ मा निरंकुश राजतन्त्...

