काठमाडौं । राप्रपामा पूर्वको राई र राजधानीका राणाहरु बिचमा लडाइँ छ । राजेन्द्र लिङ्देन आफु अध्यक्ष बन्न जसको साथ लिए उसैमाथि प्रहार गर्दा ज्ञानेन्द्र शाहीहरुको प्रहारमा परेका छन् । राप्रपाको जमानत जफत भएको पूर्वी पहाडतिर कर्णालीका ज्ञानेन्द्र शाही खोजिँदैछ । क्यान्सर पिडामा परेका धवल शमशेरको संगठन विभागमा बुद्धिमान तामाङ प्रमुख बन्दा अध्यक्ष राजेन्द्र संगठक होइनन् भन्ने भनाई छ ।
दिल विकास राजभण्डारीले सांसद बन्न ३५ लाख खर्च गरे, तर पाएनन् । त्यो पैसा खाने कर्णालीका ज्ञानेन्द्र शाही हुन् । तर धवल शमशेर र पशुपति शमशेरले हकारेनन् । अहिले धवल उपचाररत छन्, तर तिनको पक्षधर ज्ञानेन्द्र शाहीले संगठन प्रमुख बुद्धिमान तामाङ जस्तालाई बनाउँदा विरोध गरेनन् । राप्रपाभित्र पूर्व पंचहरु र वर्तमान राजावादीहरुको गठजोड चर्काे छ। यो गठबन्धनले कांग्रेस र एमालेका पुच्छर बन्न कोसिस गर्दैछ ।
राप्रपाकै लुम्बिनी प्रदेश सांसदसमेत सहकारी ठगीमाा देखिए । ठगीमा एमाले र कांग्रेसकै सांसद र नेताहरु सक्रिय हुँदा राप्रपाका सांसदको बिचमा मोर्चा बन्नु पथ्र्याे । तर अध्यक्ष राजेन्द्रले समन्वय गरेका छैनन् । दिल विकासले होटल एलोप्यागोडामा पार्टीको कार्यक्रम गर्न दिएपनि नेतृत्व भने धवलको विरोध भयो । जहाँ ज्ञानेन्द्र जान सक्दैनन् ।