नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक देशाईको दुई वर्षको कार्यकाल समाप्त

खेलकुद देश/विदेश समाचार

काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको दुई वर्षको कार्यकाल सकिएर बिदा भएका छन् ।

मोन्टीसँगको दुई वर्षको सम्झौता सकिएसँगै उनीसँगको सम्झौता नवीकरण नगर्ने क्यानले निर्णय गरेको हो । उनले सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै यो दुई वर्षको कार्यकालमा आफ्ना लागि निकै अविस्मरणीय भएको बताउँदै यी समयमा विभिन्न मनमोहक क्षणहरु र कोसेढुङ्गाहरुले भरिएको उल्लेख समेत गरेका छन् ।

आफूलाई प्रशिक्षकको जिम्मेवारी दिएकामा क्यानलाई पनि उनले धन्यवाद दिएका छन् ,भने जुनसुकै अवस्थामा पनि नेपालको समर्थन गर्न नछाड्ने समर्थकहरूलाई यो विश्‍वास कायमै राख्‍न अनुरोध समेत गरेका छन् । उनले त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कप फाइनलमा दर्शकहरू छाता ओढेर खेल हेर्न बसेको क्षणदेखि मुलपानीमा टी-२० विश्‍वकप छनोटको निर्णायक खेल हुँदाको क्षण सम्झिए ।

आफ्नो प्रशिक्षणमा विभिन्न उत्तारचढावहरू रहेपनि आफूलाई दिइएको भूमिका निर्वाह गर्न पाउँदा उनले नेपाली क्रिकेटसँग जोडिएका क्यान व्यवस्थापन, खेलाडी, समर्थक, ग्राउन्ड्सम्यान, कमेन्टेटर र कप्तान रोहित पौडेलप्रति कृतज्ञता व्यक्त गरेका छन् । खेलाडीहरूले लाखौंको सपना बोकेको भन्दै उनले सम्बन्ध, खुलापन, एकता र जवाफदेहितामा निर्मित ‘ह्‍याप्पी ड्रेसिङ रूम’ सधैं खेलाडीहरूको शक्तिको रूपमा रहने बताउँदै खेलको अन्तिम क्षणसम्म आफ्नो उत्कृष्ट खेल पस्कने प्रयास गर्न सल्लाह दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *