वैदेशिक रोजगारमा त्रिपक्षीय भिडन्त

राजनीति समाचार

काठमाडौं । अधिकांश क्षेत्रमा आफ्नो व्यापार व्यवसाय गर्नेहरुको छाता संगठन गठन गर्ने परम्परा नेपालमा प्रजातन्त्र स्थापना भएदेखि सुरु भएको हो । निजामती क्षेत्रमा राजनीतिक दल निकट युनियनहरु गठन गरिएका छन् । पत्रकारहरुमा पनि दलनिकट संगठनहरुको छाता संगठन नेपाल पत्रकार महासंघ खोलिएको छ । त्यस्तै न्याया क्षेत्रको छाता संगठन वार एशोसिएसन गठन गरिएको छ । उद्योगी व्यापारीहरुको छाता संगठन उद्योग वाणिज्य महासंघ रहेको छ । वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघ रहेको छ । निर्माणसम्बन्धी काम गर्नेहरुको निर्माण व्यवसायी महासंघ छ ।

यसरी सबै पेशा व्यवसायी गर्नेहरुले आफ्नो पेशा व्यवसायमा आइपर्ने समस्या समाधानका लागि आवाज बुलन्द गर्न छाता संगठन खडा गरेका छन् । तर, ती छाता संगठनमा रहेका पदाधिकारी र प्रतिनिधिहरुले भने पेशा, व्यवसायभित्रको समस्या समाधान गर्नेतिर नभई संगठनलाई भँजाएर आफ्नो राजनीतिक भ¥याङ बनाउने गरेका छन् । राजनीतिक भ-याङ मात्रै बनाएका छैनन् पेशा, व्यवसायीहरुको एजेन्डा छाडेर आफूनिकट दलको वकालत गर्ने काम गरेका छन् । त्यसकारण यस्ता पेशा व्यवसायीहरुको संघसंगठनहरुमा व्यवसायीहरु नभएर दलका कार्यकर्तालाई उम्मेदवार बनाएर निर्वाचित गराउने परिपाटीले गर्दा पेशा व्यवसायीहरुको एजेन्डा ओझेलमा पर्ने गरेको छ ।

यस्ता संगठनहरुमा गैरपेशाका व्यक्तिहरु हावी हुन थालेपछि वास्तविक पेशा व्यवसायीहरु पलायन हुँदै गएका छन् । वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशन आगामी फागुन दुई गते हुँदै छ । सो अधिवेशनमा टिपिकल पेशा, व्यवसायीभन्दा गैरपेशाका विचौलिया र मानवतस्करीहरुको हावी हुने देखिन्छ । त्यसमा अध्यक्षको लागि त्रिपक्ष भिडन्त हुने देखिएको छ । वैदेशिक रोजगार व्यवसायी संघमा विभिन्न दलनिकट सुभेच्छुक संस्थाहरुबाट टिम खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेस निकट लोकतान्त्रिक एशोसिएसनले अध्यक्षमा पूर्व द्वितीय उपाध्यक्ष भुवन गुरुङलाई अगाडि सारेको छ ।

त्यसैगरी एमाले निकट प्रगतिशिलबाट नरेश गेलान, माओवादी निकट गणतान्त्रिक मञ्चका पूर्व अध्यक्ष रामप्रसाद भन्तनालाई अगाडि सारिएको छ । कांग्रेस र एमाले गठबन्धन सरकार भए तापनि वैदेशिक रोजगार व्यवसायीको निर्वाचनआ छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने देखिन्छ । कांग्रेभित्र आधा दर्जन हाराहारी अध्यक्षी आकांक्षा देखिएकाले आन्तरिक घातप्रतिघात हुने देखिन्छ । त्यसले गर्दा प्रगतिशिलतर्फका अध्यक्ष प्रत्यासी नरेश गेलान र गणतान्त्रिक मञ्चका रामप्रसाद भन्तनाको कडा प्रतिस्पर्धा हुने सम्भावना छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *