काठमाडौं । गुप्तचरबाट प्रहरीमा छिरेको समूहका भ्रष्टहरूले जहाँ गयो त्यहाँ प्वाल पार्छन् भन्ने कुरा एसएसपी स्याम कृष्ण अधिकारीले त्यसको व्यवहार देखाएका छन् । आवश्यक पर्दा कांग्रेसी सांसद शंकर भण्डारीदेखि राष्ट्रपति रामचन्द्र पौडेल समूहको नाम बेच्न पल्केका श्याम कृष्णले आफ्नो पुरानो बानी हटाएका छैनन् । रक्सी खाने, जिम जाने उनको दैनिकी पूर्ति गर्न विवादित निरीक्षक वीरेन्द्र बोहरालाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा भित्र्याएपछि सेवाग्राही आक्रोशित छन् ।
फैसला कार्यान्वयन र ठाडो उजुरीमा रहनु भनेको घुसियाको गोजी भर्नु हो । सानेपामा बालकृष्ण पोखरेलको गोदाम छापा मार्दा सही पार्वती उपाध्याय विवादमा तानिएकी थिइन् । ट्रान्सपोर्टबाट ल्याएको सामानको जिम्मेवारी सम्बन्धी साहु नै हुन्छ । तर पार्वतीले ट्रान्सपोर्टबाट असुल्न खोज्दा कुरा मिलेन । विषय राजस्व अनुसन्धानमा पुग्दा प्रहरी कमजोर भयो । भ्रष्ट श्यामकृष्ण ललितपुर आउनासाथ काठको धुलो क्यान्सरको औषधि भनेर बिरामी ठग्ने आरुष आयुर्वेदिक क्लिनिकसँग सम्पर्क गरी राम्रै आम्दानी गरेको ललितपुर प्रहरीमा चर्चा चल्ने गरेको छ ।
जहाँ गयो त्यहाँ लुट्न सफल श्यामकृष्ण बाँकेमा छँदा क्यासिनो युद्धमा थिए । प्रहरीले गरेका अपराधमा प्रहरीले नै बचाउँदा यस्ता भ्रष्ट हौसेका छन् । प्रजिअ रमेश ढकालभन्दा पावरफुल प्रहरी एसएसपी भएको ललितपुरमा काठको धुलो बेच्ने आरुष क्लिनिक बन्द गरिएको छ । प्रजिअले बन्द गर्दा एसएसपी आगो भएको अवस्था छ । बाँकेमा भारत बहराइचका अतित खान (विक्की)लाई भारतीय नागरिकहरू पंकज श्रीवास्तव अश्विनी सिंहले नेपालीहरू अनुराग साह, सुरेश कुर्मी नामका गुण्डा प्रयोग गरी सुनको सिक्री बाला लुट्दा यिनै श्यामकृष्णले प्रहरीको कर्तव्य पालना नगरी लुटेराहरूसँग मिलेका थिए ।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडको दबाबमा बाँके प्रहरीबाट बुटवल ट्राफिक एसपीमा सरुवा हुन पुगे । प्रहरीभित्रै विरोध हुँदा बुटवलमा रजाई गर्न पाएनन् । गृहले प्रमुख जिल्ला अधिकारी पठाउँछ, प्रहरीले जिल्ला प्रहरी प्रमुख खटाउँछ । तर ललितपुरका प्रहरी एसएसपी कमाउने र जनता ठग्ने आरुस आयुर्वेदिक क्लिनिक बन्द गराउन हुँदैन भन्छन् । प्रजिअको दबाबमा क्लिनिक बन्द हुँदा क्वाटरमा पिउँदै प्रहरी एसएसपीले मुख छोड्न पछि नपर्दा उपत्यका प्रहरी एआइजी टेकबहादुर तामाङसम्म कुरा पुग्यो कि पुगेन सर्वत्र चासो बन्दैछ ।