काठमाडौं । गरिब,दिनदुखीको सेवा गर्ने कसम खाएर चुनाव जितेर मन्त्री बनेपछि तिनैले कसरी गरिबलाई लुट्छन् र आफ्ना सात पुस्तालाई पुग्ने गरी पैसा कमाउँछन भन्ने एउटा पछिल्लो उदाहरण हुन श्रम मन्त्री शरदसिंह भण्डारी । मन्त्री भन्डारीले हालैमात्र मन्त्रिपरिषद्बाट स्वीकृत गराएको एक निर्णयका कारण श्रमिकबाट दैनिक ५१ लाख भन्दा बढी रकम व्यापारी,विचौलियाहरुले पाउने भएका छन् । यस्तै मासिक रुपमा १५ करोड र बार्षिक १८ अर्ब ३६ करोड रकम उठाउन सफल भएका छन्,मन्त्री भण्डारी । स्वदेशमा दश नग्रा खिँयाउँछु,केही गर्दछु भन्दा पनि अवसर नपाएर विदेशिन लागेका श्रमिकहरुलाई लुटेर मन्त्री भण्डारीले विचौलिया,व्यापारीलाई पोस्ने निर्णय गरेका छन् ।
व्यापारी र विचौलिया पोस्दा मन्त्रीको भागमा कति हिस्सा पर्दाे हो र उनले श्रमिक मार्ने निर्णय गरेका होलान ? १९ पटक मन्त्री बनेर रेकर्ड राखेका उनै मन्त्री भण्डारीले केही महिना अगाडिमात्र करोडौं रकम उठाएर बोल कबोलमा श्रम सहचारी नियुक्ति गरेको बिषय सेलाउन नपाउँदै मन्त्री भण्डारीले गरिवका छोराछोरी मर्कामा पर्ने र व्यवसायी मालामाल हुने गरी एउटा विवादास्पद् निर्णय मन्त्रिस्तिरीय स्वीकृत गराएका हुन् । यस अघि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिमको शुल्क ७०० रुपैयाँ शुल्कबाट एकै पटक २१ सय रुपैंयाले बढाएर दुई हजार ८०० पु¥याउने निर्णय गरेर विवादमा तानिएका थिए ।
उनै भण्डारीले व्यापारी तथा विचौलियाहरुलाई मालामाल हुने गरी श्रमिकको स्वास्थ्य परिक्षण शुल्क ३ हजार रुपैयाँ बढाएका छन् । यस अघि ६ हजार पाँच सय शुल्क लिइदै आएकोमा गत साता मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परिक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गरिएको छ । सरकारकै एउटा तथ्यांक अनुसार, वैदेशिक रोजगारीमा दैनिक १ हजार ७ सयदेखि २ हजारमाथि रहेको छ । औसतमा दैनिक १७ सयमात्र नेपाली वैदेशिक रोजगारीमा जाँदा वार्षिक रोजगारीका लागि साढे ७ लाख भन्दा बढी कामदार मलेसिया, खाडी र युरोपेली मुलुक पुग्ने गर्दछन् । यही हिसाबले १७ सय नेपाली श्रमिकबाट दैनिक ५१ लाख रकम बढी उठाउन सकिने छ । स्वास्थ्य परीक्षणका नाममा । यस्तै महिनामा १५ करोड ३० लाख र बार्षिक १८ अर्व ३६ करोड रकम आर्जन हुने देखिएको छ ।
श्रम मन्त्रालयका अनुसार,वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न २१५ स्वास्थ्य संस्थालाई श्रम मन्त्रालयले सूचीकृत गरेको छ । यीमध्ये मलेसियामा ३६, साउदी अरब, कुवेत, बहराइन र ओमान (गाम्का)ले १९, कोरियाले ४ संस्थामार्फत् स्वास्थ्य परीक्षण गराइरहेका छन् । अमेरिकाले आईओएममार्फत स्वास्थ्य परीक्षण गराउँदै आएको छ । कतार जाने श्रमिकको परीक्षण भने कतार भिसा सेन्टरबाट हुँदै आएको छ भने बाँकी १ सय ५७ स्वास्थ्य संस्थाले करिब सयभन्दा बढी देश जाने श्रमिकको परीक्षण गर्दै आएका छन् ।
यस्तै इजरायल, दक्षिण कोरिया लगायतका देश जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउने निश्चित स्वास्थ्य संस्था तोकिएका छन् । यही स्वास्थ्य परीक्षण गराउने विचौलियाहरु पक्षपोषण हुने गरी मन्त्री भण्डारीले यस्तो शुल्क बृद्धि गरेको हुन् । जबकी यस अघि २०८० साल साउन १ देखि लागू हुने गरी मेडिकल परिक्षण शुल्क वृद्धि गरिएको थियो । त्यतिबेला मेडिकल शुल्क ६ हजार ५०० तोकिएको थियो । शुल्क तोकिएको दुई वर्ष नपुग्दै मन्त्री भण्डारीले पुनः शुल्क वृद्धि गरेर गरिवका छोरा छोरीको ढाड सेक्ने र व्यापारी तथा विचौलियाहरु मोटाउने विवाद्स्पद् निर्णय गराएका हुन । मन्त्री भण्डारीले सीमित स्वास्थ्य संस्था व्यवसायी र बिचौलियालाई फाइदा पुग्ने गरी परिक्षण शुल्क मात्रै वृद्धि गरेका छन् । एक मेडिकल व्यवसायीले मन्त्रीको यो निर्णयले सीमित व्यापारी र विचौलियामात्र मालामाल हुने प्रतिक्रिया दिए ।