काठमाडौं । सरकार र शिक्षक महासंघबीच बुधबार राति भएको सहमतिलाई लिएर असन्तुष्टि देखिएको छ ।
नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बिहीबार बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।
सहमतिलाई लिएर तीव्र असन्तुष्टि जनाएका विद्यालय कर्मचारीहरूले कार्यक्रमस्थलमै आपत्ति जनाए ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र शिक्षामन्त्री रघुजी पन्तले गरेको सहमतिमा वक्तव्य निकालेर विरोध जनाएका कर्मचारीहरू रत्नराज्यमा पनि आक्रोशित मुद्रामा देखिए । सरकारसँगको सहमतिका आफूहरूका मागको सम्बोधन नभएको जनाउँदै उनीहरूले महासंघको बैठकस्थलमा पनि प्रश्न गरे । कर्मचारीले आपत्तिसहित विरोध जनाएपछि शिक्षकका नेताहरूसँग भनाभन भएको थियो ।