काठमाडौं । कैलालीको गेटा अस्पताल नेपालकै विशिष्टकृत विश्वविद्यालयको रुपमा संचालनमा ल्याउन लागेको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गेटा अस्पताललाई विश्वविद्यालयको रुपमा स्थापना गर्न लागेका हुन् ।
विधेयक पारित भएपछि कैलालीमा भने खुसीयाली छाएको छ । देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको विधेयक पारित भएको खुसीयालीमा गेटा स्थानीयबासीले दीप प्रज्वलन गरेका थिए । राष्ट्रिय सभाबाट गतवर्ष नै पारित भइसकेको विधेयक अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ ।
पारित विधेयकमा स्वास्थ्य विज्ञानको क्षेत्रमा गुणस्तरीय अध्ययन-अध्यापन, अनुसन्धान र नवप्रर्वतन सम्बन्धी कार्य गर्न तथा सर्वसाधारणलाई सहज रुपमा विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विशिष्टिकृत विश्वविद्यालयको रुपमा स्थापना गरिएको उल्लेख छ ।