ओलीकै विश्वास पात्रले दिएनन् साथ

राजनीति समाचार

काठमाडौं । मौका आउनासाथ मान्छेले प्रवृत्ति देखाउँछ । विस्वास गरी पद दिलायो त्यसको दुरुपयोग गर्ने प्रवृत्ति नेपालीमा छ । त्यसको अशं नेकपा एमाले र त्यो पार्टीका पदाधिकारीहरुमा देखिन्छ । हिजो पार्टी अध्यक्ष हजुर नभए पार्टी चल्दैन बरु हामी सघाउँछौं भन्ने कति थिए, एमाले अध्यक्ष पछाडि । तर, आज जेनजी पुस्ताले देखाएको आक्रोशबाट प्रधानमन्त्री पद खोसियो । चुनावमा धन्न जमानत बच्यो । त्यसपछिको दिन नेकपा एमालेका राम्रा छैनन् ।

अध्यक्ष ओलीको विकल्प तिनीहरुले खोज्दैछन् । जो ११ औं महाधिवेशनमा महासचिव जित्न अध्यक्षकै आडामा स्वंय सेवक खटाएर शंकर पोखरेललाई जिताइएको थियो । विद्युतीय भोटिङमै गढबढी गर्न रातमा चुनाव गराइयो । उपाध्यक्षमा रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र गुरु बरालहरुलाई उम्मेदवार बनाइयो । यीनैमध्येका रामबहादुर थापा, सचिव महेश बस्ने, उपसचिव र केन्द्रीय सदस्य पदमै ठेगान लगाइएका विष्णु रिमाल मात्र ओलीको बचाउमा छन् ।

आफ्नो स्थान सुरक्षित गर्न ओलीले माओवादीलाई मिलाएर आफू पार्टी अध्यक्षमै रमाउने योजना बनाए । तर, प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रचार भईरहेको छ । ओली र प्रचण्डको पदीय सुविधा सुरक्षा गर्न एमाले माओवादीको एकता जरुरी भएको तर्क प्रस्तुत गर्ने पनि छन् । व्यवहारिक रुपमा यो तर्क ठीक छ । तर एमाले यो स्थितिमा एकता गर्दैमा जनताले पत्याउने शक्तिको रुपमा छैन । अध्यक्ष ओलीलाई नै अगाडि लगाएर एमालेको संगठनले पुनर्जीवन पाउँदैन भन्ने शंकर पोखरेललाई महासचिव बनाउँदाको खेतीपाती आज अध्यक्षको मनमा झस्केको हुनुपछ । अध्यक्ष ओलीले आफू अस्पतालमा रहँदा माओवादीबाट आएका रामबहादुर थापा बादललाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिनुप-यो ।

संसदीय दलको नेता पनि उनैलाई बनाई दिएका छन् । हामी एमालेको जरा हौं भन्ने दावी गर्ने मध्येका ईश्वर पोखरेल ओलीसँग अध्यक्षमा पराजित भएपछि सम्पर्कमा छैनन् । पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुको सपथमा समेत पोखरेल बोलाइएनन् । विष्णु पौडेल र शंकर पोख्रेलबीचको शक्तिको लडाईँललाई ओली हटाउ एजेण्डामा मिलाइयो । ओलीको विकल्प खोज्नेहरुले विद्या भण्डारीलाई अगाडि सारेर विशेष महाधिवेशन गर्ने पक्षमा छन् । ओलीकै इच्छा र भरोसामा पार्टी छाडियो भने अब हुने प्रदेश र स्थानीय चुनावमा एमालेको शक्ति झन् कमजोर हुने तर्क तीनैले गर्दैछन् । जो पदका लागि विद्यालाई पार्टीमा आउन नदिनेमा पर्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *