मधेशमा चर्किँदै सत्ता संघर्ष

राजनीति समाचार

काठमाडौं । पुराना क्षेत्रीय दलहरुको पद र कुर्सी मोहका विरुद्ध उठेका सिके राउको जनमत पार्टीमा पनि त्यहीँ जसपा र लोसपाको रोग सल्केको छ । जनमत पार्टीमा सिके राउतको दादागिरी चर्केको कारण पार्टीमा विगतदेखि विवाद चर्किँदै आएको थियो । कांग्रेसका कृष्ण प्रसाद यादवको नेतृत्वको सरकारमा जनमत पार्टीका महेश प्रसाद यादव अर्थमन्त्री छन् । संसदीय दलका सचेतक चन्दन सिंहको समूह सरकार विरुद्ध छ । उनको टिममा दश जना सांसद छन् ।

जनमतका संसदीय दलको नेता नै अर्थमन्त्री छन् । उनलाई दलको नेताबाट हटाएर प्रमुख सचेक चन्दन सिंहलाई पार्टीका अध्यक्षले दलको नेता बनाएका छन् । त्यो पार्टीबाट भूमि सुधार तथा सहकारी मन्त्री बनेका श्याम पटेल पनि सरकारको समर्थनमा रहेको बताउँछन् । खेलकुद मन्त्री वशन्त कुसहवा पनि जनमत पार्टीकै हुन् ।

आर्थिक वर्षको शुरुमा योजना बेच्ने पैसा धुत्ने मधेशको चलन मुख्यमन्त्रीले यसपटक नियन्त्रण गरेका छन् । जनमत पार्टीका १२ सांसद छन् । मधेसको ठूलो दल जसपालाई एक्ल्याउँदै कांग्रेस, जसपा, माओवादी र एमाले मिलेका थिए । १०७ सदस्य सांसद मधेशमा छन् । एमाले २४ सिट छ, लोसपा र जसपाको एकताले २६ सांसद भए तापनि जसपाले मन्त्री नलिई सरकारलाई साथ दिएको छ । पार्टी एक भए पनि लोसपा र जसपाको कानुनी एकता भएको छैन ।

मधेसमा नागरिक उन्मुक्ति पार्टीको पनि ४ सिट छ । लोसपाका ४ सिट हो । एमाले २४, कांग्रेसको २२, माओवादी १४, जनमत १२ सांसद छन् । तर, सबैमा पदको लडाईँ चकिँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *