संघका कर्मचारी भिजेको मुसाझैं, स्थानीय र प्रदेशमा हाइसन्चो

राजनीति समाचार

काठमाडौं । रास्वपा सरकार बनेसँगै निजामती सबैभन्दा हायलकायल निजामती कर्मचारी भएका छन् । त्यसमा पनि संघका कर्मचारीहरु जागिर खाउ कि छोडौंको अवस्थामा छन् । हप्तामा दुई दिन बिदा दिने नियम सरकारले ल्याएपछि संघका कर्मचारीहरु बिहान आठै बजे खाना र खाजा बोकेर छोराछोरीसँगै घरबाट निस्किने गरेका छन् । छोराछोरीहरु स्कूल, कलेजतिर लाग्छ भने बाबु आमा अफिसतिर हस्याङफस्याङ गर्दै दौडिने गरेको देखिन्छ । सडक जामको कारण कहिलेकाहँी छड्के चेकिङमा परेर कारबाहीको भागिदार हुने गरेको थुप्रै उदाहरणहरु छन् । अफिस जाने हतारोले बाटोमा आफन्त र इष्टमित्र भेट्दा पनि देखेको नदेखेझैं गरेर दौडिने गर्दछन् ।

पहिला दलहरुको सरकार भएको बेला प्रधानमन्त्री, मन्त्री र नेताभन्दा ठूला–ठूला कुरा गरेर कर्मचारी युनियनको आडमा सेवाग्राहीलाई अलमल्याएर हासीमज्जा उडाउने गर्दथे । उता कार्यालयको काम छोडेर कर्मचारी संघ, संगठनका कार्यालयहरुमा दिन बिताएर व्यापार व्यवसायमा लाग्ने कर्मचारीहरु बालेन नेतृत्वको रास्वपा सरकार बनेपछि आज ‘न्याउरी मुसो’जस्तो भएर हिड्ने गरेका छन् । त्योसँगै कार्यालय परिसरमा मोबाइल पनि उठाउन डराउने गरेका छन् । संघका कर्मचारीहरुको यो हालत छ भने प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई हाइसन्चो भएको छ । किन कि प्रदेश र स्थानीय तहमा पुराना दलहरुको सरकार छ । त्यसमा पनि छ÷छ महिनामा सरकार फेर बदल हुने र कर्मचारीहरु पनि सरकारसँगै आफ्नो दलको अनुकूल अनुसार फेरबदल हुने कारणले उनीहरुलाई हाइसन्चो भएको हो । पुराना दलको सरकार होउन्जेलसम्म प्रदेश र स्थानीय तहमा केन्द्र सरकारको नियम लागु हुँदैन । जनप्रतिधि र कर्मचारीको मिलेमतोमा काम हुने भएकाले प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई काम गर्न सजिलो भएको छ ।

हुन त हप्तामा दुई दिन बिदा हुने र ९ बजे नै अफिस पुग्नुपर्ने चटारो उनीहरुलाई पनि छ । कार्यालय जान–आउन चटारो भए तापनि काम गर्न केन्द्रीय सरकारको तुलनामा उनीहरुलाई सजिलो छ । त्यसले गर्दा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई केन्द्रको तुलनामा केही राहत छ । पहिला केन्द्रका कर्मचारीहरु प्रदेश र स्थानीय तहमा सरुवा गर्दा जान मान्दैन थिए भने अहिले प्रदेश र स्थानीय तहमा सरुवा हुन रुचाउने गरेका छन् । तर, तीन तहको सरकारका छुट्टाछुट्टै नियम कानुन भएकाले कर्मचारीले चाहेको बेलामा सरुवा हुन पाउँदैनन् । पहिला दुरदराका स्थानीय तहमा कार्यकारी प्रमुख बनाएर खटाउँदा पनि जान नचाहने कर्मचारीहरु अहिले भने स्थानीय र प्रदेशमा जान चासो देखाउन थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *