अख्तियारको छाँयामा नपरेको पीआइडी र केयुकेएलका कर्मचारी

राजनीति समाचार

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पर्ने खानेपानी लिमिटेड केयुकेलमा विगत लामोसमयदेखि विकृति र विसंगति हुदैँ आएको थियो । विकृति र विसंगतिसँगै भ्रष्टाचार पनि फैलिदैँ, आएको छ । केयुकेएलभित्रको भ्रष्टाचारलाई वालेन सरकारका मन्त्री सुनिल लम्सालले नियन्त्रण गर्न सकेका छैनन् । केयुकेल र मेलम्ची खानेपानी आयोजनाको समन्वयकारी भूमिका नहुँदासमयम काम हुन सकेको छैन । त्यसकारण काठमाडौं उपत्यकावासीले वर्षात याममा मेलम्ची खानेपानीको उपयोग गर्न पाएका छैनन् । वर्षैपिच्छे बर्षाद याममा मेलम्ची खानेपानी आयोजनाको पानी वितरणमा रोक लगाउने काम हुदैँ आएको छ । किनकी मेलम्ची खानेपानी आयोजनाकाृे सुरुङ मार्गमा पहिरो र बाढिको कारणले गर्दा आयोजनाले बर्षात लागेपछि पानी बन्द गर्दै आएको छ । त्यसको समाधान गर्न नत केयुकेएलले प्रयास गरेको छ नत मेलम्ची खानेपानी आयोजनाले नै । उल्टै मेलम्ची खानेपानी आयोजानको अनुगमन गर्ने नाममा केयुकेएल कर्मचारी, पीआइडीका कर्माचारीहरु रिसोर्टमा बसेर अनुगमन गर्ने नाममा भ्रष्टाचार गर्ने गरेका छन् ।

कयौँ पटक सरकार फेल दलकै कारण मेलम्ची खानेपानी आयोजनाले अधिकांश पाइप बिछ्याउने काममा समेत ढिलासुस्ती गर्दै आएको थियो भने विछ्याइएका पुराना पाइपहरु मर्मत सम्भार गर्ननसकेको कारण बेलाबखत काठमाडौं उपत्यका भित्र पाइप फुटेर पानीको जलमग्न हुने गरेको थियो । तर केहि समय यता पानीको जलमग्न देखिएको छैन । रास्वपाको सरकारबाट पूर्वाधार विकास मन्त्री बनेका सुनिल लम्सालले मेलम्ची खानेपानीलाई बर्षायाममा पनि सूचारु गर्न सकेका छैनन् । लम्सालले केयुकेयलको सिइओमा काठमाडौं महानगरपालिकाका कर्मचारीलाई केयुकेएलका सिइओ बनाएका छन् । उनी हुन् राम रतन साह ।

उनै बोर्ड सदस्य रहेका राम रतन साहलाई केयुकेएलको कार्यकारी निर्देशकमा नियुक्ति गरेका छन् । रामरतन साहले केयुकेएलमा नियुक्ति भएतापनि काठमाडौं उपत्यका खानेपानी आयोजनालाई चलायमान बनाउन सकेका छैनन् । साहले केयुकेएलको काम गर्नेभन्दा पनि तलब भत्ता खाएर दिन बिताउने काम गरेका छन् । केयुकेएलमा बदमास कर्मचारीहरुको बाहुल्यता रहेको छ । योगेन्द्र बहादुर बम, विक्रम आचार्य, दिपेन्द्र ओली र केहि कर्मचारीहरुको केयुकेएलमा विगत वर्षदेखि हालिमुहलि चल्दै आएको छ । तर केयुकेएलको काम भने शुन्य भएको छ । त्यस्तै, पीआइडीका कर्मचारीहरुको पनि सम्पक्ति छानबिन गर्नुपर्ने आवाज उठ्न थालेको छ । पीआइडीका लेखाप्रमुख गणेश प्रसाद चालिसे, उपनिर्देशक प्रभात श्रेष्ठ, अमित रञ्जित र निर्माण व्यवसायीहरु बीच करौडौंको कमिशनको खेल हुँदा पनि मन्त्री लम्साल बेखबर बनेका छन् ।

रास्वपाको सरकारले जतिसुकै सुशासनको नारा दिएता पनि सरकार बनेको चार महिना पार गरिसक्दा पनि भ्रष्ट कर्मचारीहरुलाई हटाएर अन्य कर्मचारीलाई काम गर्ने वातावरण बनाउन सकेका छैनन् । २०२४ मा एसयाली विकास बैंकको सहयोगमा भारतीय कम्पनीलाई ४९ मिलियन अमेरिकन डलरमा ठेक्का लगाएको थियो । सो ठेक्काको लागत बढेर खबौं पुग्दा मेलम्ची खानेपानी आयोजानको काम अझ पुरा हुन सकेको छैन । सरकार फेरिएसँगै कार्यकारी निर्देशक फेरिने खेलोफड्कोले गर्दा काठमाडौं उपत्यका खानेपानी लगायत पीआइडीमा समेत भ्रष्टाचार मौलाएको छ । पीआइडीका कर्मचारी र केयुकेएलका कर्मचरीहरुको सम्पत्ति नत अख्तियारले छानबिन गर्न सकेको छ नत रास्वपाको सरकारले नै छानबिन गर्न सकेको छ । त्यसले गर्दा केयुकेएल र भ्याली बोर्ड पीआइडीका कर्मचारीहरुलाई हाइसन्चो भएको छ । सरकार जुनसुकै वादिको बनेतापनि केयुकेएल,भ्याली बोर्ड र पीआडीका कर्मचारीहरुले कमाउन थलो बनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *