बागमती प्रदेश सरकारले ल्याएको बजेटमाथि सत्तारुढ दलकै असन्तुष्टी, ६७ करोड ४७ लाख ७३ हजार रुपैयाँको बजेट
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमाथि विवाद बढ्दै गएको छ ।
बजेटमाथिको विवादकै कारण सत्तारुढ दल नेपाली कांग्रेस र एमाले आन्तरिक छलफलमा जुट्दा संसदीय दलको बैठक निष्कर्षविहीन बनेको थियो । सत्तारुढ दलभित्...

