पुल स्तरोन्नति तथा मर्मतका लागि विश्व बैंकद्वारा १५ करोड अमेरिकी डलर सहयोग
काठमाडौं । नेपालमा तेस्रो ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ का लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर सहायता स्वीकृत गरेको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड डलर (साढे २० अर्ब रुपैयाँ) बराबरको प्याकेज अनुमोदन गरेको ब...

