कांग्रेस सभापति देउवाको घर तोडफोड र आगजनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरी आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्...

मंगलबार बिहानदेखि काठमाडौंका सडकमा जेनजी प्रदर्शनको उग्ररुप (तस्बिरहरु)

काठमाडौं । सोमबार भएको भ्रष्टाचारविरोधी जेनजीको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको दमनको आक्रोश मंगलबार बिहानदेखि काठमाडौंका सडकमा देखिएको छ । युवाहरू काठमाडौंका विभिन्न स्थानमा सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । प्रशासनले स्थिति नियन्त्रण ...

प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै बानेश्वरस्थित सिभिल अस्पताल अगाडि जेनजीको प्रदर्शन

काठमाडौं। बानेश्वरस्थित सिभिल अस्पताल अगाडि भेला भएका जेनजी प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। आफ्ना साथीहरुको मृत्यु भएको घोषणा भएको अस्पतालको गेट अगाडि मंगलबार भेला भएका उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेक...

मकवानपुरको दुई मुख्य सहरी क्षेत्रमा जेनजीहरू प्रदर्शनमा पुर्व–पश्चिम राजमार्ग अवरुद्व

काठमाडौं । मकवानपुरको दुई मुख्य सहरी क्षेत्रमा जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् । हेटौंडा र जिल्लाको पश्चिकी क्षेत्रस्थित मनहरी बजारमा प्रदर्शनका कारण पुर्व–पश्चिम राजमार्ग अवरुद्व भएको हो । मनहरी बजारस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शनकारीहरूल...

सिभिल अस्पतालमा आजका सबै ओपीडी सेवा बन्द

काठमाडौं । काठमाडौंको सिभिल अस्पतालले आजका सबै ओपीडी सेवाहरू बन्द गरेको छ। सोमबार जेनजीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मंगलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालले आन्द...

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार भएको जेन–जी पुस्ताको आन्दोलनबारे क्षमा याचना माग्दै मन्त्री अधिकारीले जिम्मेवारीमा टाँसिरहन अपराध बोध भएको भन्दै राजीनामा बुझाएका हुन् । उनले पदीय जिम्मेवारीमा टाँसिरह...

माओवादी केन्द्र अध्यक्ष दाहालको निवास नजिकै सुरक्षा बिटमा आगजनी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुर खुमलटारस्थित निवास नजिकैको सुरक्षा बिटमा जेनजी पुस्ताका प्रदर्शनकारीले आगजनी गरेका छन्। मंगलबार साढे ९ बजेतिर प्रदर्शनकारीको एउटा समूहले आगजनी गरेको हो। काठमाडौं बूढा...

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको निवासमा आगजानी

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।...

जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको संख्या ६ पुगेको हो । । अस्पताल ल्याइएका ४ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा.दीपेन्द्र पाण्डेले पु...

जेनजी आन्दोलनमा गोली लागेर तीन पत्रकार घाइते

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तीनजना फोटो पत्रकार घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना रहेका छन् । आन्दोलनकारीलाई निय...