नवउदारवादी अर्थतन्त्रको चपेटामा जल्दै नेपाल
नेपालमा राजतन्त्रको सक्रिय नेतृत्वमा चलेको पञ्चायती कालमा अनुदारवादी अर्थतन्त्र कायम थियो । निजी बैंकहरु, निजी अस्पतालहरु, निजी स्कुलहरु, कलेजहरु, विश्वविद्यालयहरु, निजी व्यापारिक संस्थाहरु, निजी व्यावसायिक संस्थाहरुको बाहुल्य त्यो पञ्चायत कालमा थिएन...

